back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

वेस्टर्न मेगा कलेजमा “फ्लेवर अफ नेपाल” नामक उत्कृष्ट कार्यक्रम सम्पन्न

spot_img

बुटवल । बुटवल १५ ढवाहा मा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्थीहरुले नेपालको मौलिकता झल्किने इभेन्ट ” फ्लेवर अफ नेपाल अ कलीनारी जर्नी फ्रम राउटे टु फाइन डाईनिङ ” नामक राउटे , पहाडी समुदाय र फाइन डाइनिङ को अवधारण अन्तर्गत कार्यक्रम गरेका छन । बि एच एम अध्ययन गरिरहेका बिभिन्न विभिन्न सेमेस्टर का विध्यार्थी हरु द्वारा आयोजित कार्यक्रम अवलोकन गर्न पुगेका अतिथि बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वार्ड १७ का वार्ड अध्यक्ष शिव रानाले आफूले सोचे भन्दा पृथक कार्यक्रम भएको बताउनु भयो । विद्यार्थी हरुले आफूले पढेको विषयमा नाटक शैलीमा खाना पकाउँदै खुवाउँदा यसले प्राक्टिकल को काम गर्नै उहाँले बताउनु भयो ।

कार्यक्रम को अवलोकन गर्दै गर्दा आफूले धेरै कुरा सिक्ने र मीठो खानेकुरा खाने अवसर मिलेको जल तथा भु मन्त्रालयका पूर्व उप सचिव इन्जिनियर दुजेन्द्र कुमार थापाले बताउनु भयो । उहाँले १० मिनेटको अन्तरालमा राउटे देखि फाइभ स्टार होटल सम्मको खानाको परिकार चाख्न पाउँदा छुट्टै अनुभव भएको बताउनु भयो ।

खानेकुरा पेटलाई मात्र होइन आँखाले देख्दा पनि सन्तुष्टि मिले मात्र खानाको स्वाद आउने प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले बताउनु भयो । विद्यार्थीले बनाएको खानेकुरा र प्रस्तुति हेरी सकेपछि घिमिरेले कलेजले आफ्ना विद्यार्थी हरुलाई पढाइ सँग सँगै नैतिक शिक्षा दिन सफल भएको बताउनु भयो । उहाँले सोही अवसरमा बोल्दै यस्ता आत्मनिर्भर विद्यार्थी उत्पादन गर्ने विद्यालय हरु लाइ आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यस्ता इभेन्टले विद्यार्थीलाई बास्तविक होटेल म्यानेजमेन्टका च्यालेन्ज तथा कमजोरी अनुभव र यसलाई सच्याएर लैजाने शिक्षा प्राप्त गर्न सकिने हुदा हरेक सेमेस्टर मा भिन्न भिन्न इवेन्ट आयोजना गरिएको वेस्टर्न मेगा कलेजका प्रचार्य अधिवक्ता किशु शर्माले जानकारी दिनुभयो । विद्यार्थीमा सैद्धान्तिक , प्रयोगात्मक , ब्यबहारिक र व्यबसायिक जस्ता चौतर्फी शिक्षाको विकाशका लागि यस कलेज ले बि-भिन्न अवसरहरुमा फरक फरक किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि यस्तै प्रयत्न गरिरहने उहाँको भनाइ छ ।
हरेक शैक्षिक बर्षको चौथो सेमेस्टरमा भिन्न भिन्न विषयवस्तु माथि इभेन्टको आयोजना भै आइरहेको यस कलेजमा यो पटक भने केहि फरक र पृथक बनाउने उदेश्यले नेपालको पहिचान राउटे समुदायको खाना , पहाड समुदायको खाना र स्टार होटलको खाना समावेश गरि नेपालको सबै भौगोलिक क्षेत्रलाई समेट्ने खानाका परिकारहरु बनाएका थिए। यस्ता कलेजमा हुने इभेन्ट हरुले सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षालाइ व्याबहारिक तथा बिद्यार्थीलाइ वास्तविक फिल्डमा उत्रन सहयोग गर्ने उहाको भनाइ छ ।उक्त कार्यक्रम एफ & बि दिपार्ट्मेन्ट प्रमुख सुमन आचार्य को सम्योजन मा सम्पन्न भएको थियो ।
वेस्टर्न मेगा कलेजले बि एच एम तथा एम बि ए का कक्षा हरु सन्चालन गर्दै आइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?