बुटवलको वेस्टर्न मेगा कलेजमा “अ कुलिनारी जर्नी फ्रम राउटे टु फाइन डाइन” नामक अनौठो कार्यक्रम सम्पन्न।

बुटवल— १५, ढवाहा रुपन्देहीमा अवस्थित, नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजका वर्ष २०२४ बि.एच.एम बिभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले मिति २०८१/०५/१४ गते शुक्रबार होटल व्यवस्थापन अन्र्तगत “प्रचिनकालिन सभ्यता झल्काउदै, मध्यकालका खानपान तथा बसोवास प्रस्ट्याउँदै आधुनिक युगका खानपान तथा रहन सहन” बारे एक दिने कार्यक्रम आयोजना गरेका छन् । नेपालका लोपोन्मुख राउटे समुदाय, हिमाली क्षेत्रको संस्कृति साथै पाँच तारे होटेलको संस्कृति झल्कने गरी पाहुनाहरुलाई स्वागत तथा सम्मान गरी विभिन्न परीकार बनाई खुवाएका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले रोउटे जीवनशैली, पहाडी जीवनशैली र आधुनिक जीवनशैलीकोे बसोवास तथा खानाहरु तयार गरी पस्केका थिए । विद्यार्थीहरुको पठनपाठन लगायत सिर्जनशिलता र नयाँ सिकाईका लागी यस्ता कार्यक्रमहरु कलेजले निरन्तर रुपमा गर्दै आएको कलेजका प्रार्चाय अधिवक्ता किसु शर्मा ले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य माननीय सांसद वासुदेव घिमिरे, विशिष्ठ अतिथि बुटवल उपमहानगरपालिका वार्ड नं १५ का अध्यक्ष शिव राना, विशिष्ठ अतिथि खानेपानी तथा सिचाई मन्त्रालयका पूर्व उप-सचिव इन्जीनियर दुजेन्द्र कुमार वस्नेत, कलेजका अध्यक्ष मेघराज पन्थ, लेखा समिति सदस्य युवराज पन्थको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछाने तथा शिक्षक सुमन आचार्य को संयोजकतामा सम्पन्न भएको थियो ।

यस कलेजमा स्नातक तहमा बि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए अध्ययन हुने र वर्ष २०८१ भर्ना खुलेको जानकारी गराउनु भयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?