शागर बेल्बासे,
कपिलवस्तु । सत्रौ पुस्तकालय दिवसको अवसर पारी बाणगङ्गा सामुदायिक पुस्तकालय को आयोजनामा पुस्तक र पुस्तकालय को महत्त्व बारे चर्चा र रचना बाचन गरि पुस्तकालय दिवस मनाइएको छ ।

पुस्तकालय का अध्यक्ष दिलिप कार्किको अध्यक्षता उपाध्यक्ष दोलख बहादुर पछाइको स्वागत मन्तव्य सहित बाणगङ्गा नगर शिक्षा शाख प्रमुख खिम बहादुर जि सि को प्रमुख आतिथ्यता प्राज्ञ प्रतिश्ठान का अध्यक्ष बालाराम ज्ञवाली को बिशिस्ट आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा वडा नम्बर १ का महिला जनप्रतिनिधि टोपकला बि सि, सल्लाहकार जानका पन्थी, समाजसेवी त्रीलोचन घिमिरे लगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, माधब प्रसाद घिमिरे लगायतका कबिता बाचन गरेका थिए ।
कार्यक्रम मा संस्थका सदस्य अनन्तराज रेग्मी, टिकाराम पन्थी, ब्यबस्थापक चित्रा भन्डारी, शंकर प्रसाद लम्साल,राधिका आचार्य लगायतको उपस्थिति रहेको थियो।पुस्तकालय को महत्त्व सहितको रचना वाचन संगै कार्यक्रमको संचालन बाणगङ्गा सामुदायिक पुस्तकालयका सचिब बुद्दी शागर बेल्बासेले गरेका थिए ।