तिजमा धमाका मच्चाउन कतार आइपुगिन रिता केसी

दाङ देउखुरीको चाहना , प्रवासमा सभ्य एवम् सुरक्षीत रोजगारको कामना ” भन्ने मुल नाराका साथ सन् २०१२ मा स्थापित दाङ देउखुरी सेवा समाज कतारले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको सु-अवसरमा गृह जिल्लामा ” गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोष स्थापना गर्ने उद्देश्यले आयोजना गरेको ” तिज विषेश साँस्कृतिक कार्यक्रम ” यहि शुक्रबार सनैंया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा गर्ने भएको छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि तिजको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिनका लागि विषेश आकर्षणका रुपमा नेपालबाट चर्चित कलाकार रिता के सि कतार आइपुगिसकेकी छिन् । केसि सङ्गै कतार मै श्रम गर्ने श्रमजीवी कलाकारहरुको समेत बेजोड साङ्गितिक प्रस्तुति रहने कुरा कार्यक्रम संयोजक मनिषा खड्काले बताएकी छिन् ।

कार्यक्रमको आम्दानीबाट गृह जिल्लामा रहेका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने पवित्र उद्देश्य रहेकाले कतारमा स्थापित सम्पुर्ण संघ-संस्थाहरु , समाजका अग्रज , बुद्धिजीवी वर्गहरु , समाजसेवी तथा सामाजिक अभियान्ता ज्युहरु , पत्रकार ज्युहरु , कलाकार ज्युहरु लगायत दोहावासी सम्पुर्ण नेपाली जनहरुलाई उक्त कार्यक्रममा उपस्थिति जनाई शिक्षा लिन चाहने तर आर्थिक पक्ष कमजोर भएका विद्यार्थीहरुका लागि सहयोगी बनिदिनुहुनका लागी संस्थाका अध्यक्ष रण बहादुर केसीले आग्रह गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?