वेस्टर्न मेगाको तीजको दर खाने कार्यक्रम नेपाल अपाङ्ग आश्रममा

बुटवल— १५, ढवाहा रुपन्देहीमा अवस्थित, नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजले मिति २०८१÷०५÷१९ गते बुधबारका दिन बुटवल उप महानगरपालिका वार्ड नं. ११, प्रगतिनगर स्थित नेपाल अपाङ्ग आश्रममा रहेका बालबालिका तथा अन्य सदस्यलाई हरितालिका तिज २०८१ को शुभकामना तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले वार्षिक रुपको कार्यक्रम अन्र्तगत उक्त कार्यक्रम गरेको तथा चाड पर्वमा आफू मात्र रमाएर हुँदैन, अत्यावश्यक वर्गहरु पहिचान गरी उनीहरुलाई सहयोग गर्ने र उनीहरु सँग सुख–दुख साटासाट गर्नुपर्ने सन्देश दिन कलेजले नियमित रुपमा यस्ता कार्यक्रमहरु गर्ने गरेको कलेजका प्राचार्य किसु शर्माले बताउनु भयो ।

कार्यक्रममा ४० जना विशेष क्षमतावान भएका बालबालिका साथै कलेज तथा आरम्भ ग्रुप अफ हस्पिटालिटी लि. का अध्यक्ष मेघराज पन्थ लगायत कलेजका विद्यार्थी, शिक्षक, शिक्षिकाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम शिक्षिका कल्पना न्यौपाने को संयोजकत्वमा सम्पन्न भएको थियो ।

यस कलेजमा स्नातक तहमा बि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए अध्ययन हुने र वर्ष २०८१ भर्ना खुलेकोे समेत जानकारी गराउनु भयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?