स्वास्थ्य कार्यालय अर्घाखाँचीको वार्षिक समिक्षा सम्पन्न, सूचकमा पाणिनी प्रथम 

अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सन्धिखर्कमा भाद्र ३० र ३१ गते भएको वार्षिक समिक्षा कार्यक्रममा जिल्लाका स्थानीय तहहरुले वार्षिक प्रगति प्रस्तुत गरेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए ।


६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सुचकको आधारमा पाणिनी गाउँपालिका सबैभन्दा उत्कृष्ट अर्थात प्रथम भएको छ । पाणिनी ६८.४२ अंक सहित प्रथम भएको हो । गत वर्षभन्दा पाणिनी स्वास्थ्य शाखाले यस वर्ष सुचकमा प्रगति गरेको हो । गत वर्ष पाणिनी सुचकमा अन्तिम भएको थियो ।


यस्तै सुचककै आधारमा दोस्रो छत्रदेव गाउँपालिका र तृतीय मालारानी गाउँपालिका भएका छन्  यी स्थानीय तहको क्रमशः  ६८.१८ र ६७.४४ अंक प्राप्त गरेका छन् । यस्तै सन्धिखर्क नगरपालिकाले ६७.४०, भूमिकास्थान नगरपालिकाले ६०.८१ र सितगंगा नगरपालिकाले ५४.७६ अंक प्राप्त गरेका छन् ।


सबै पालिकाहरुले प्रस्तुतीकरण गरेको संस्थागत रिपोर्ट राम्रो भएको र अझै थप प्रभावकारी काम गरेर अगाडी बढ्नुपर्ने देखिएको कार्यालय प्रमुख नेपालले बताए । उनले आगामी वर्ष शत प्रतिशत प्रगति गर्न स्थानीय तहका शाखा प्रमुखहरुलाई आग्रह गरेका छन् ।

यस्तै स्वास्थ्य सम्बन्धि काम गर्ने मल्लरानी सरोकार विकास केन्द्र, सन्देश सहयोग समूह लगायतले  आफुहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका विषयमा प्रस्तुतिकरण गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले बताए ।

यस्तै समिक्षा गोष्ठि समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जीवनाराण कोइरालाले मानिसको जन्म र मृत्युसङ्ग जोडिएका स्वास्थ्यकर्मीहरुको कामको प्रशंसा गरेका थिए । स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यस क्षेत्रमा जिल्लाभर रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रभावकारी काम गरेर नागरीकको विश्वास जित्ने काम गरेर अगाडी बढ्नुपर्ने प्रमुख कोइरालाको भनाई छ ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसाल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकारी नुमलाल पन्थी, प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत गायत्री बुढा मगर, डब्लूएचओ प्रतिनिधि डा. मोना प्रधान, वाटर एडका प्रतिनिधि मनोज नेपाल खुशी खुशी लगायतका जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य अधिकृत कृष्णप्रसाद पोख्रेलको संचालन र कार्यालय प्रमुख शिव नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img
[reaction_buttons_post]
नबिन रसाइली
लेखकको बारेमा

नबिन रसाइली

रसाइली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?