back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

वास्तु दिवस समारोह सम्पन्न

spot_img

काठमाडौँ, असौज १ 
नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल र दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालको संयुक्त आयोजनामा नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौँमा नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीको प्रमुख आतिथ्यता, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का पुर्व अध्यक्ष ज्यो.माधवराज पाण्डेको विशिष्ट आतिथ्यता एवम् वास्तुविद् डा.माधवमंगल जोशी, आचार्य लक्ष्मण पन्थी लगायतको आतिथ्यतामा सम्पन्न भएको छ ।

Workplace

कार्यक्रममा बोल्ने वक्ताहरूले वास्तु तथा ज्योतिषशास्त्रको सम्बन्ध अन्योन्याश्रीत रहेको बताउँदै वास्तुको सहि ज्ञान प्राप्त गरि समाजमा सहि मार्गनिर्देश गर्नुपर्ने बताएका छन् । कार्यक्रममा परिषद्को कार्यालय व्यवस्थापनका लागी रु २५,००० ।- सहयोग गर्ने दुर्गामणी गौतमलाई सम्मान गर्नुका साथै विश्व ज्योतिष महासंघको राष्ट्रिय समितिको घोषणा समेत भएको थियो ।

कार्यक्रम नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्लेको अध्यक्षता, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमको स्वागत मन्तव्य, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्लेको धन्यवाद एवम् महासचिव रविन पंगेनीको सन्चालनमा भएको हो ।

कार्यक्रममा करिब १०० जना भन्दा बढी ज्योतिषी तथा वास्तुशास्त्रीहरुको उपस्थिति रहेको नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव शिवलाल पौडेलले जानकारी दिनुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?