गाउँपालिकाको पहिचान झल्किने लोगो बनाउदै पाणिनी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले गाउँपालिकाको पहिचान झल्किने लोगो बनाउनको लागि सूचना जारी गरेको छ।

गाउँपालिकाले आफ्नो इतिहास, सांस्कृतिक धरोहर, जनजीवन, भूगोल, कृषि, पर्यटन, सामाजिक, धार्मिक, र उद्योगसम्बन्धी पक्षलाई समेटेर प्रतीक चिन्हको डिजाइन तयार पार्न सार्वजनिक आह्वान गरेको हो।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार लोगो डिजाइन गर्दा नेपालको झण्डा र पाणिनी गाउँपालिकाको नामलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने, सांस्कृतिक, धार्मिक, जातीय समुदायका विशिष्ट पक्षहरूलाई झल्काउने तथा भूगोलिक अवस्थाका आधारमा सन्देश दिन सकिने डिजाइन हुनुपर्ने उल्लेख गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले ईमेलमार्फत प्रस्ताव पेश गर्न सक्नेछन्। उत्कृष्ट डिजाइन गर्नेलाइ १५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने गाउपालिकाले जनाएको छ । जिल्लाका अधिकांस स्थानीय तहहरूले आफ्नो लोगो बनाइसकेका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?