मन्त्री राणाले प्युठानमा गराए ४० जना युवा लाई कांग्रेस प्रवेश

सुर्य प्रसाद भुसाल
प्युठान । स्थानीय तहको निर्वाचनमा प्युठान नगरपालिका वडा ९ मा एमाले बाट उम्मेदवार बनेका दिपेन्द्र केसी सहितका युवाहरु एमाले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टी प्रबेश गरेका छन ।

बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यलय देउखुरिमा भएको एक भब्य समारोहमा नेकपा एमालेका युवाहरु काङ्ग्रेस पार्टी प्रबेश गरेको नेपाली काङ्ग्रेस प्युठान का उपसभापति देबेनद्र बर्माले जानकारी दिए । एमालेका स्थानीय नेता, समाजसेवी तथा व्यबसायी दिपेन्द्र केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य निम बहादुर घर्ती मगर,नेकपा एमाले प्युठान नगरपालिका वडा नं . ९ का वडा कमिटी अध्यक्ष जित बहादुर केसी प्युठान नगरपालिका वडा नं ४ का एमाले अगुवा नेता केसु जैसी सहित ४० जनाभन्दा धेरै नेता तथा कार्यकर्ता एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।

पार्टी प्रवेश कार्यक्रममा बाेल्दै काङ्ग्रेस प्रबेस गरेका दिपेन्द्र केसीले नेपाली कांग्रेसको अगुवाइमा मात्र विकास र आवश्यकता पुरा हुने भएकाले नेपाली कांग्रेसमा प्रवेश गरेको वताए । एमाले जिल्ला कमिटी सदस्य मीन बहादुर घर्ती मगरले एमालेको हेपाहा प्रवृत्ति विरुद्ध अभियान थालेकोले अब एक भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा पार्टीले अन्तरघात गरेको र एमाले भित्रका नेताहरुमा स्वार्थ हाबी भएकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका थिए ।

उनीहरुलाइ नेपाली काङ्ग्रेस का युवा नेता लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा रोज राणाले नेपाली काङ्ग्रेस को सदस्यता प्रदान गरि सहित पार्टी प्रबेश गराएका हुन । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस प्युठान का पुर्व जिल्ला सभापति सुवास केसी, लुम्बिनी प्रदेशका सांसद धनलक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस प्युठानका उपसभापति देबेन्द्र बर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?