नब आगन्तुक प्रजिअको नजर बजारमा, चाडपर्व लक्षित बजार अनुगमनको ईतिहास तोडिएला ?

अर्घाखाँची,     चाडबाडको समयमा हुने कालो बजारी तथा उपभोक्ताको हित विपरित हुने कार्य हुन नदिन अर्घाखाँचीमा बजार अनुगमनलाइ प्रभावकारी बनाइने भएको छ ।

खाद्य व्यवस्थापन तथा आपुर्तीको विषयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले चाडबाडको समयमा उपभोक्ताहरु बढी ठगीने भएकाले अनुगमन प्रभावकारी बनाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनु भयो ।प्रशासनले चाडवाड लक्षित बजार अनुगमन गर्ने गरेको भएपनी अन्य समयमा बजारमा बेथीती हुनेगरेको आरोप लाग्नेगरेकोमा यसको अन्त्य गर्दै सबै सिजनमा बजारको अन्ुगमनमा आफ्नो टीम खटिने प्रजिअ अर्याललको भनाइ छ ।
अर्घाखाँचीमा विभिन्न कारणबाट राजस्व चुवाबट भएकाले चुवावट रोक्ने विषयमा राजस्व चुवावट समितिको बैठक सम्पन्न भएको छ । दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, कारोवारमा विल नकाट्ने, अन्डर विलिंग गरेको तथा मनलाग्दी मुल्यमा सामाग्री बेच्ने जस्ता कार्यबाट राजस्व चुवावट भएको बैठकको निष्कर्ष छ ।

अनुगमनको क्रममा अवैध रुपमा कारोबार गरेको भेटिए कडा भन्दा बढी कडा कारबाही गर्ने पनि बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताउनु भयो ।
भर्खरै मात्र अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका अर्यालको नजर बजारमा परेको छ । गत साता पनी अर्याल आफै बजार अनुगमनमा खटीनुभएको थियो । उपभोक्ताको हितकै निम्ती प्रशासनको नजर वाहृैमहिना बजारमा पर्न सकेमा मात्र कालो बजारी,ठगी तथा चुहावत जस्ता कार्य नियन्त्रण हुनेमा स्थानीय बिश्वस्त छन् । तर यसको निरन्तरतामा भने शंका छ ।

बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग व्यापार संघ जस्ता व्यवसायीका संघ संगठनका प्रमुख तथा, प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?