अर्घाखाँची । नेकपा एमाले पाणिनी गाउपालिकाको अधिवेशन सम्पन्न भएको छ ।
शनिबार पाणिनी गाउँपालिकाको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले गुनाखर अधिकारीको अध्यक्षतामा ६१ सदस्यीय पालिका कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा माधव गौतम, सचिवमा झविन सुनाम, उपसचिवमा कौसर अलि र उमा भट्टराई रहेका छन ।
अधिवेशनमा पार्टीका केन्द्रीय नेता, जिल्ला कमिटिका सदस्यहरू, तथा स्थानीय नेता कार्यकर्ता सहित २०३ जना प्रतिनिधिहरुको उपस्थिति थियो ।