नवलपरासीले छैठौं स्थापना दिवस मनाउने : तयारी अन्तिम चरणमा

“आपसी सहयोग, सद्भाव र एकता !सामाजिक सेवामा हाम्रो प्रतिबद्धता !!” भन्ने मूल मन्त्रका साथ २०१८ को अक्टोबर ५ तारिखको दिन स्थापना भएको नवलपरासी सेवा समाज कतारले आफ्नो छैटौं स्थापना दिवस यहि आउँदो शुक्रबार ११ अक्टोबर २०२४ शुक्रबारको दिन एन खालिद स्थित नमस्ते एशिया रेस्टुरेन्टमा सम्पन्न गर्ने भएको छ ।

नवलपरासीले संस्थाको स्थापना दिवसका साथै नेपालीहरुको महान पर्वहरु विजया दशमी, शुभ दीपावली र छठ पर्व २०८१ को शुभ अवसरमा अवसरमा बहुउद्देश्यीय अक्षयकोष स्थापनार्थ भाग्यशाली चिठ्ठा उपहार तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्री नर बहादुर थापाले परदेश मै भएपनी आफ्नो संस्कार -संस्कृति र परम्परालाई संरक्षण गर्दै चाडपर्वको बेलामा सबैजना सङ्गै भेला भएर खुशी साटासाट गर्ने मनसायले नै कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

समाचार पोस्ट सङ्गको कुराकानीमा संस्थाका अध्यक्ष श्री दुर्गा हमालले कार्यक्रमको सबै तयारी लगभग पूरा भएको बताउँदै कतारमा स्थापित संघ संस्थाहरु, समाजसेवी र बुद्धिजीवी वर्ग सबैलाई पत्राचार समेत गरिसकेको बताउँदै सम्पुर्णलाई उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्य बनाइदिन आग्रह समेत गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?