पाणिनीमा शिक्षा समिति विवाद: माओवादी र रास्वपाको विरोध, सर्वदलीय समिति गठनको माग

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा गठित शिक्षा समिति प्रति असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्र पाणिनि र रास्वपा पाणिनीले गाउँपालिकामा संयुक्त विज्ञप्ति बुझाएका छन ।

मौखिक रुपमा सुझाव दिदैँ आएको भएपनि सुनवाई नभएपछि बाध्य भएर ज्ञापनपत्र बुझाउनु परेको उनीहरूको दावी छ । नवगठित शिक्षा समिति काँग्रेस एमालेको कार्यकर्ता भर्तीकेन्द्र जस्तै भएको उनीहरूको आरोप छ । शिक्षा समिति बनाउदा सबै राजनीतिकदलहरूसँग समन्वय नगरी हतारहतार बनाएको भन्दै उक्त गठित समिति खारेज गरी सर्वदलीयसर्वपक्षीय बनाउनु पर्ने उनीहरूको माग रहेको छ ।

पाणिनीभित्र देखिएका तमाम प्रकारका बेथितिहरुमा पालिका प्रशासन तथा कार्यपालिका रमिते बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बाटोघाटो खन्ने नाममा कार्यकर्ता र ठेकेदार पोस्ने, कालोबजारी नियमन गर्न नसक्नु, दैनिक रुपमा विदेशिने क्रमलाई रोक्न नसक्नु, कृषि क्षेत्र अस्त व्यस्त हुनु, पाणिनि गाउँपालिकाको कुल ग्राहस्थ उत्पादन घट्नु लगायतका घटनाले पालिका नै अस्तव्यस्त भएको दावी गरेका छन् । पालिका प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुइ राजनैतिक दलहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले पालिकाले आफ्नो माग सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।

ज्ञापनपत्र बुझ्दै पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सुझाव तथा मागहरूको सम्बोधनका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पाणिनी गाउँपालिकाले २०८१ असोज २० गते कार्यपालिकाको बैठकबाट शिक्षा समितिको गठन गरेको थियो ।कार्यक्रममा माओवादी केन्द्रका भोजराज घिमिरे, बुद्धि घिमिरे, सौकत अली, तथा रास्वपाका माधवराज पोखरेल, र बाबुराम घिमिरे लगायतका नेता, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?