back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

पुर्णिमा मेला गरी आजदेखि दशैको विदाई गरीदै

spot_img

अर्घाखाँची ।       लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच आजदेखि सकिदै छ । जिल्लाका ऐतिहासिक कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैंसँगै सराय नाचको विशेष महत्व रहेको छ ।

Workplace

दसैंको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म अर्घाखाँची,गुल्मी,पाल्पा लगायत लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सराय नाचिन्छ । खुँडा, भाला, तरबार, लगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाचिन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ ।

बाईसे र चौबीसे राजा बस्ने समयदेखि दसैंको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैंलाई बिदा गर्ने परम्परा छ । अर्घाखाँचीका पूर्वी क्षेत्रका कोतहरू, अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रख्यात सराय नाच हो । पूर्णिमाको दिन अर्घा र भण्डारथुममा सराय नाच्नेको ठुलो मेला नै लाग्ने गर्छन् ।


विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका दिन अर्घामा सराय नाच गरी विजया दशमिलाई बिदाई गर्ने प्रचलन रहेको छ । पुर्णिमा मेलामा अर्घामा, गुल्मी पाल्पा, प्युठान, कपिलबस्तु,रुपन्देहि लगायतका जिल्ला तथा भारतबाट समेत एक लाख भन्दा बढि दर्शनार्थी उपस्थित हुने अर्घाभगवती मन्दिर व्यबस्थापन समितीका अध्यक्ष सरोज भुसालको भनाई रहेको छ । पश्चिम नेपालमै प्रख्यात रहेको सरायनाच र अर्घाको पुर्णिमा मेलाका बारेमा हिन्दु ग्रन्थ तथा बिभिन्न पात्रोहरुमा समेत उल्लेख भएकाले पनी यसको महत्व बढि रहेको भुसालको भनाई रहेको छ ।

यस बर्ष पुर्णिमा तिथी दुई दिन परेकोले केहि स्थानमा हिजो देखि सराय समाप्त भएको भएपनी अर्घामा भने आज सराय नाच गरी दशैको विदाइ गर्न लागीएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?