पुर्णिमा मेला गरी आजदेखि दशैको विदाई गरीदै

अर्घाखाँची ।       लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच आजदेखि सकिदै छ । जिल्लाका ऐतिहासिक कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैंसँगै सराय नाचको विशेष महत्व रहेको छ ।

दसैंको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म अर्घाखाँची,गुल्मी,पाल्पा लगायत लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सराय नाचिन्छ । खुँडा, भाला, तरबार, लगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाचिन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ ।

बाईसे र चौबीसे राजा बस्ने समयदेखि दसैंको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैंलाई बिदा गर्ने परम्परा छ । अर्घाखाँचीका पूर्वी क्षेत्रका कोतहरू, अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रख्यात सराय नाच हो । पूर्णिमाको दिन अर्घा र भण्डारथुममा सराय नाच्नेको ठुलो मेला नै लाग्ने गर्छन् ।


विजया दशमीको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका दिन अर्घामा सराय नाच गरी विजया दशमिलाई बिदाई गर्ने प्रचलन रहेको छ । पुर्णिमा मेलामा अर्घामा, गुल्मी पाल्पा, प्युठान, कपिलबस्तु,रुपन्देहि लगायतका जिल्ला तथा भारतबाट समेत एक लाख भन्दा बढि दर्शनार्थी उपस्थित हुने अर्घाभगवती मन्दिर व्यबस्थापन समितीका अध्यक्ष सरोज भुसालको भनाई रहेको छ । पश्चिम नेपालमै प्रख्यात रहेको सरायनाच र अर्घाको पुर्णिमा मेलाका बारेमा हिन्दु ग्रन्थ तथा बिभिन्न पात्रोहरुमा समेत उल्लेख भएकाले पनी यसको महत्व बढि रहेको भुसालको भनाई रहेको छ ।

यस बर्ष पुर्णिमा तिथी दुई दिन परेकोले केहि स्थानमा हिजो देखि सराय समाप्त भएको भएपनी अर्घामा भने आज सराय नाच गरी दशैको विदाइ गर्न लागीएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?