कांग्रेस अर्घाखाँचीको संगठन सुदृढीकरण अभियान शुरु

अर्घाखाँची ।     नेपाली कांग्रेस अर्घाखाँचीले पाटीको संगठन सुदृढीकरणको सय दिने अभियान शुरु गरेको छ ।
अभियानका लागि अर्घाखाँची कांग्रेसले पुर्व सभापति महासमिति, महाधिबेसन प्रतिनिधि जिल्लाका पदाधिकारी समेतलाई ६ स्थानीय तहका ६१ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले बताउनुभयो ।
अभियान संचालनका लागि कांग्रेस केन्द्रीय समितिले अर्घाखाँचीमा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य संजय गौतमलाई खटाएको छ । अर्घाखाँचीमा खटिनुभएका प्रतिनिधिसभा सदस्य संजय गौतमले जिल्लामा चुनाबमा पराजित भएर छिन्नभिन्न भएको कांग्रेसलाई यो अभियानमा एकढिक्का बनाउन लागि पर्ने बताउनुभयो ।

सय दिनको अभियानका क्रममा कार्यालयलाई ब्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, बार्षिक कार्ययोजना बनाउने, संगठन बिस्तारका लागि सामाजिक र राजनितिक गतिबिधि बढाएर लैजाने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका कार्यक्रम वडावडामा हुने कांग्रेस जिल्ला सचिव अच्युत गौतमले जानकारी दिनुभयो ।

यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्व पीडित, घाइते र शहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले जनाउनुभयो ।
तीन महिना संचालन हुने अभियान आउँदो पुष १६ गते बीपी जयन्तीका दिन समापन हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?