तमु हयुल छोज धी गुरुङ्ग राष्टिय परिषद समितिको २६ औ वार्षिक साधारण सभा सम्पन

मनु गुरुङ्ग :

तमु हयुल छोज धी गुरुङ्ग राष्टिय परिषद बुटवल उपमहानगर समितिको २६ औ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन भएको छ । गुरुङ जातीको भेषभुषा भाषाको पहिचान गराउन सबै गुरुङ एक हुनुपर्ने कुरालाई जोड दिएका थिए । सभामा बोल्दै रुपन्देही जिल्ला तमु छोज धी अध्यक्ष बिमला गुरुङ्गले गुरुङले जातीको पहिचान गराउन सबै एकजुट हुनपर्ने बताईन ।

पछिल्लो समय लुम्बिनी प्रदेशमा गुरुङ भाषालाई लिपीवद्ध बनाउन सफल भएको बताईन् जिल्ला अध्यक्ष गुरुङले रुपन्देही जिल्लामा गुरुङहरुको सहभागिता राम्रो रहेको भन्दै बुटवल नगर परिषदले समय समयमा बिभिन्न तालिम तथा कार्यक्रमहरु गरेर समाजलाई बलियो बनाएको बताईन उपाध्यक्ष बिर प्रसाद गुरुङ्ग ले स्वागत मन्तब्य राखेका थिए बसन्ती गुरुङले आर्थिक प्रतिबेदन पेश गरेका थिए मिस गुरुङ फस्ट रनरअप सम्झना गुरुङ्ग पनि आफ्ना भनाइ राखेका थिए निवर्तमान बुटवल नगर अध्यक्ष शेरबहादुर गुरुङ्गले संस्था बलिययो हुदा समाजमा पहिचान गराउन सजिलो हुने बताए । गुरुङहरुको सस्था भनेको तमुछोज धी रहेकाले यसलाई सबैको साझा बनाएर लैजानुपर्ने भन्दै सस्थाले हरेक सदस्यको सुख दुखमा काम लाग्नेगरी काम गर्नु जरुरी रहेको र बुटवल उपमहानगर समितीले गुरुङ्ग जातीलाई माथि ल्याउन बिभिन्न सिपमूलक तालिम दिएर स्वरोजगार बनाउन सहयोग गरेको बताए ।

नगरले समयम समयमा हुने कार्यक्रमहरुले कम गर्न अझै थप उर्जा मिलेको बताए । नगर अध्यक्ष बुद्दी प्रसाद गुरुङले समिती गठन भएको एक बर्षमा धेरै कामहरु गर्न सफल भएको बताए । बुटबल भित्र रहेका हरेक सदस्यका सुख दुखमा हातेमालो गर्दै आएको भन्दै नगर अध्यक्ष गुरुङ्गले बुटवल उपमहानगरपालिकाले राखेको बडा पत्रमा गुरुङ्ग भाषाको पनि वडापत्र राखिदिन आग्रह गरे । तमु युवा परिषद लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु, उपाध्यक्ष सुदिप बहादुर तमु, नगर बरिष्ठ उपाध्यक्ष उमा गुरुङ्ग, दिपनगर इकाइ अध्यक्ष रस बहादुर गुरुङ्ग, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपमहानगर समिति का सचिब सुन्दर गुरुङ्ग, जातीको पहिचान बचाई राख्न गुरुङ जातीको जन्म संस्कार विवाह संस्कार र मृत्यु संस्कार सिकाउनु जरुरी रहेको बताए ।

आफ्ना आन्तरिक कार्यक्रममा आफ्नै भाषा प्रयोग गर्ने गरी तैयारी थाल्नुपर्ने उनीहरुको भनाई थियो कार्यक्रम संचालन उमा गुरुङ ले गरेका थिए। बिभिन्न समयमा गुरुङ भाषा धर्म लिपी बनाउन योगदान गरेको भन्दै २ जनालाई सम्मान समेत गरिएको थियो । तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषद उपमहानगर समिति द्वारा क्होंइबो धीं निर्माणको लागी रु ५० ,०००( पचास हजार) सहयोग गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?