back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

पाणिनि : पटौटिमा आँखा तथा दात नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img

अर्घाखाँची । अर्घाखाँचीका पाणिनि गाउपालिका वडा नम्बर ४ पटौटिमा आँखा तथा दात सम्बन्धी १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पटौटि रुपन्देही सम्पर्क समाजको अयोजना तथा पाणिनि गाउपालिका वडा नं. ४ को व्यवस्थापनमा पटौटि स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शनिबार गरिएको नि.शुल्क स्वास्थ्य शिविरबाट २ सय ८२ जनाले आँखा तथा दात सम्बन्धी सेवा लिएका छन् । शिविरमा आँखा तथा दाँत रोग विशेषज्ञहरूले विभिन्न समस्या र रोगहरूको परामर्श, चेकजाँच र उपचार सेवा प्रदान गरेका थिए। ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य पहुँच र सेवामा सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य शिविर गरिएको आयोजक समाजका अध्यक्ष शिवलाल घिमिरेले बताए ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै पाणिनि गाउपालिकाका अध्यक्ष टेकराज न्यौपानेले स्वास्थ्य शिविरको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै सबै सम्पर्क समाजहरुको उदेश्य समाजसेवा भएको उल्लेख गरेका थिए । आउदा दिनहरुमा थप सामाजिक कार्यमा लाग्न अनुरोध गर्दै पाणिनिलाई समृद्ध बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

आँखा तथा दाँत रोग विशेषज्ञहरूद्वारा समस्या र रोगहरूको परामर्श, चेकजाँच र उपचार सेवा पाउदा स्थानीय हर्षित भएका थिए । सेवाग्राहीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। शिविरले स्थानीय जनतामा स्वास्थ्यप्रति सजगता जागृत गराउन र उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ । कार्यक्रम सम्पर्क समाजका महासचिव प्रकाश गैरैको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?