अर्घाखाँची । पाणिनि गाउँपालिकाले आफ्ना कर्मचारीहरूमा अनिवार्य ई-हाजिरी प्रणाली लागू गरेपछि कर्मचारीहरूको नियमित उपस्थिति र सुशासनमा सुधार भएको दाबी गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले यो प्रणालीले कर्मचारीहरूलाई समयमै कार्यालय उपस्थित गराउन उत्प्रेरित गर्नुका साथै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन मद्दत पुगेको बताए । उनका अनुसार, ई-हाजिरी प्रणाली लागू भएयता कार्यालयमा कर्मचारीहरूको उपस्थिति दरमा उल्लेखनीय वृद्धि देखिएको छ । गाउँपालिकाले यस प्रणालीलाई संस्थागत गर्दै कार्यालयका सम्पूर्ण कर्मचारीहरूलाई नियमित रुपमा ई-हाजिरी गर्ने नियम लागू गरेको छ, जसले गर्दा जनतासँग प्रत्यक्ष रुपमा समन्वय बढाउन र सेवा प्रवाहलाई चुस्त बनाउन सहयोग पुगेको छ।इ-हाजिरीइ-हाजिरी
पाणिनि गाउँपालिकामा हाल वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सहित गरेर १२८ जना कर्मचारीहरू कार्यरत रहेका छन । यदि कुनै कर्मचारीहरूले बिदा लिनु परे वा काजमा जानु परे अनलाइनबाटै निवेदन दिने र अनलाइन बाटै स्वीकृत हुने अथवा अस्वीकृत हुने ब्यवस्था छ । काजमा गएको कर्मचारीले कहाँ गएको हो ? र किन गएको हो ? सप्रमाण काज नभरेमा अस्वीकृत हुने ब्यवस्था मिलाएको अधिकृत न्यौपानेले बताए । यसले अनावश्यक काज तथा बिदाको समस्या समेत समाधान हुने पालिकाको भनाइ छ ।
यस प्रणालीलाई पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्ने प्रयासको रुपमा हेरिएको छ । कार्यालयको काम कारबाहीमा थप अनुशासन कायम गर्न र सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको अधिकृत न्यौपानेको भनाइ छ । यसले कर्मचारीहरूलाई थप जिम्मेवारीपूर्वक काम गर्न उत्प्रेरित गर्ने देखिन्छ ।