जनसेवा माध्यमिक विद्यालयमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनसेवा माध्यमिक विद्यालयमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयले मंगलबार एक विशेष कार्यक्रम आयोजना गर्दै २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरेको हो । सम्पूर्ण विद्यार्थिहरुमा थप मेहनत गर्ने भावना गाजृत हुने र सफलता प्राप्त गर्न सहयोगि बन्ने अपेक्षा सहित सम्मान गरेको प्रधानाध्यापक सालिराम बेल्बासेले बताए । उनले विद्यालयको शैक्षिक सुधारमा विद्यार्थीहरूको सक्रियता र मेहनतको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट परिणाम हासिल गर्न विद्यालयले विभिन्न कार्यक्रमहरू र शैक्षिक गतिविधिहरू संचालन गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा २०८० को एसईई परीक्षा उत्तीर्ण गरेका विद्यालयका १७ जना विद्यार्थीहरुलाइ सम्मानित गरिएको थियो । सम्मान कार्यक्रममा गाउपालिका शिक्षा शाखा प्रमुख तेजबहादुर खनाल, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, जनप्रतिनिधिहरू, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । प्रमुख अतिथिको रूपमा उपस्थित गाउँपालिकाका शिक्षा प्रमुख खनालले पाणिनि गाउँपालिका मै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालय एवं विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्नभएको थियो ।  उनले विध्यार्थिहरुको मनोवल बढाउने गरी गरेको कार्यक्रमकोमा विध्यालयलाई धन्यवाद समेत दिदै उहाँले विद्यार्थीहरू आगामी शैक्षिक यात्रा सफल र उद्देश्यपूर्ण बनाउन सुझाव र प्रेरणादायी सन्देश समेत दिएका थिए ।

उनले उत्कृष्ट नतिजा कायम राख्नका लागि आवश्यक मेहनत गर्न अनुरोध गर्दै शाखाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । सम्मानित विद्यार्थीहरूलाई मायाको चिनो र पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा ३.२ जिपिए देखी ३.५ जिपिए सम्म ल्याउने विद्यार्थिहरुलाई एक हजार पाँच सय तथा ३.६ देखि माथि नतिजा ल्याउने विद्यार्थीलाई ५ हजार नगद सहित सम्मानीत गरिएको थियो ।

सोहि अवसरमा विधलयका शिक्षक गोविन्द पौडेलले आफ्नो गणित विषयमा ए प्लस प्राप्त गर्ने विद्यार्थीलाई जनहि एक हजारका दरले सम्मान समेत गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता, प्रधानाध्यापक सालिकराम घिमिरेको स्वागत मन्तब्य तथा शिक्षक गोविन्द पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष राजेन्द्र पौडेल, जनप्रतिनिधि प्रेम थापा, विद्यार्थि लगायतले मन्तब्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरेका थिए । साथै आगामि दिनमा थप सफलताको कामना गर्दै उत्कृष्ट नतिजा ल्याउन थप मिहिनेत गर्न आग्रह गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?