back to top
IPL 2024
IPL 2024
२६ माघ २०८१, शनिबार
२६ माघ २०८१, शनिबार
IPL 2024
spot_img

लगातार तीन वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन!

spot_img

काठमाडौं : कुकुर तिहार र लक्ष्मीपूजा छुट्टाछुट्टै महत्त्व रहेका पर्व हुन्। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गरिन्छ। औँसीको साँझ (रात्रि) मा दीपावलीसहित धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। तर लगातार तीन वर्षदेखि यी दुवै पर्व एकै दिन मनाइँदै छ।

Workplace

नेपालमा चाडपर्व निर्णय गर्ने आधिकारिक संस्था नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट मान्यता पाएका पात्रोका अनुसार यो वर्ष कात्तिक १५ गते बिहीबार कृष्ण चतुर्दशी छ। अर्थात् बिहान कुकुरको पूजा गरिँदैछ। २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। त्यसैले लक्ष्मीपूजा पनि बिहीबार नै गरिँदैछ।

१६ गते शुक्रबार २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म औँसी छ। श्राद्धादि गर्न वा औँसी बार्न यही दिन निर्देश गरिएको छ। औँसीको दिन नै गर्नुपर्ने गाईको पूजा शनिबार प्रतिपदाका दिन गर्न भनिएको छ। गाई-गोरु र गोवर्धनपूजा शनिबार गर्नुपर्ने उल्लेख छ।

कुकुर तिहारकै दिन लक्ष्मीपूजा परेको यो पहिलो होइन। योसहित लगातार तीन वर्ष यस्तै परेको छ। अघिल्लो वर्ष अर्थात् २०८० सालको कात्तिक २६ गते १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि थियो। भोलिपल्ट सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजे ४१ मिनेटसम्म औँसी थियो। त्यसैले समितिले अघिल्लै दिन लक्ष्मीपूजा गर्न निर्देश गरेको थियो। औँसी बार्ने गाईपूजा सोमबार थियो भने गोवर्धनपूजा गोरुपूजा मंगलबार थियो।

यस्तै २०७९ सालमा कात्तिक ७ गते सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म चतुर्दशी तिथि थियो। ८ गते मंगलबार २५ घडी ५७ अर्थात् ४ बजेर ३३ मिनेटसम्म औँसी थियो। गाईपूजा मंगलबार नै गर्न निर्देश थियो भने गोवर्धन र गोरुपूजाका लागि ९ गते बुधबार भनिएको थियो।

२०७७ सालमा पनि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो। कात्तिक २९ गते शनिबार चतुर्दशी १८ घडी २९ पला अर्थात् दिउँसो १ बजेर ४९ सम्म चतुर्दशी थियो। त्यसपछि औँ.सी लाग्थ्यो। भोलिपल्ट ३० गते आइतबार १२ घडी ३३ पला अर्थात् ११ बजेर २७ मिनेटसम्म मात्रै औँसी थियो। त्यसैले अघिल्लो दिन नै लक्ष्मीपूजा गरिएको थियो। गाई-गोरुपूजा आइतबार गरिएको थियो। सोमबार गोवर्धनपूजा गरी भाइटीका लगाइएको थियो। त्यो दिन ६ घडी ५३ पला अर्थात् ९ बजेर १२ मिनेटसम्म मात्रै प्रतिपदा तिथि थियो। त्यसपछि द्वितीया लागेको थियो।

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइएको अवस्था २०६६ सालमा पनि थियो। असोज ३१ गते शनिबार १४ घडी ५९ पलासम्म चतुर्दशी तिथि थियो। भोलिपल्ट कात्तिक १ गते औँसी १२ घडी १ पला थियो। त्यसैकारण समितिले अघिल्लो दिन नै लक्ष्मीपूजा गर्न भनेको थियो। गाई-गोरुपूजा पनि आइतबार गरिएको थियो। कात्तिक २ गते सोमबार १० घडी ८ पला प्रतिपदा रहँदा गोवर्धनपूजा गरी भाइटीका गरिएको थियो। अर्थात् २०७७ सालको जस्तै बिहान गोवर्धनपूजा गरी दिउँसो भाइटीका लगाइएको थियो।

अघिल्ला वर्षहरूमा जस्तै यो वर्ष पनि कुन दिन लक्ष्मीपूजा गर्ने भन्ने विषयमा धेरै तर्क प्रस्तुत भएका थिए। चलनचल्तीको गणनापद्धतिअनुसार बिहीबार नै लक्ष्मीपूजा बताइएको छ। मूल वैदिक परम्पराका अनुयायीले भने सूर्योदयको तिथिलाई आधार मानेर कर्म गर्नुपर्ने भन्दै पात्रोमा औँसी लेखिएकै दिन अर्थात् शुक्रबार लक्ष्मीपूजा गर्नुपर्ने बताइरहेका छन्।

काग र कुकुर तिहार एकै दिन

यसअघि २०७८ सालमा भने काग तिहार र कुकुर तिहार एकै दिन परेको थियो। कात्तिक १७ गते २ घडी २२ पला अर्थात् बिहान ७ बजेर १४ मिनेटसम्म त्रयोदशी तिथि थियो त्यसपछि ५८ घडी ८ पला चतुर्दशी थियो। त्यसैले काग र कुकुरको पूजा एकै दिन गर्न निर्देश थियो। भोलिपल्ट १८ गते बिहीबार ५३ घडी ९ पला अर्थात् राति ३ बजेर ३३ मिनेटसम्म औँसी भएकाले लक्ष्मीपूजामा समस्या थिएन। गाई-गोरुपूजा भने १९ गते शुक्रबार गर्न भनिएको थियो।

कुकुर तिहार र लक्ष्मीपूजा किन एकै दिन पर्छ?

समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार लक्ष्मीपूजा विशेषगरी साँझ वा रात्रिमा गर्ने कृत्य हो। औँसीमा सूर्योदय भए पनि साँझ वा बेलुकीसम्म औँसी तिथि नरहँदा अघिल्लो दिन नै लक्ष्मीपूजा गरिएको हो। २०६६, २०७९, २०८० र २०८१ को अवस्था यही हो। ‘चतुर्दशी तिथि सकिई दिउँसो वा अपराह्नमै औँसी तिथि शुरु भएको छ’, उनी भन्छन्, ‘भोलिपल्ट पनि साँझसम्म औँसी रहने अवस्था नभएका कारण अघिल्लै दिन लक्ष्मीपूजा गर्न निर्देश गरिएको हो।’

गाईपूजामा पनि अन्योल

सामान्यतया बिहान गाईपूजा गरेर बेलुकी लक्ष्मीको पूजा गर्ने नेपाली परम्परा छ। गाईलाई पनि लक्ष्मीकै रूप मानिएको छ। औँसीका दिन पूजा गर्ने मात्र नभई श्रावण शुक्ल पूर्णिमामा हातमा बाँधेको धागो(रक्षाबन्धन) समेत फुकालेर गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी नदी तर्न सहज हुने लौकिक विश्वास छ।

अध्ययनका लागि लिइएका पाँच वर्षका पात्रोमा पनि कहिले औँशीकै दिन गाईपूजा उल्लेख छ। अधिकांश वर्ष प्रतिपदामा गाई-गोरु एकै दिन पूजा गर्न निर्देश छ। २०८० सालमा लक्ष्मीपूजाको भोलिपल्ट औँसी तिथिमै गाईपूजा गर्न भनिएको थियो तर यो वर्ष पर्सिपल्ट अर्थात् प्रतिपदामा गाईको पूजा गर्ने निर्देश छ।

सूर्योदयकै तिथिमा गर्नुपर्छ

मूल वैदिक कालगणनाका अनुयायी तिथिहरू अहोरात्र हुने तर्क गर्छन्। एउटा तिथि सूर्योदयदेखि अर्को सूर्योदयसम्म रहन्छ। बिचमै टुटफुट हुँदैन। औँसीमा सूर्योदय भएको छ भने भोलिपल्ट अर्को सूर्योदय नहुञ्जेलसम्म रहन्छ।

यसै मान्यताअनुरूप शुक्रबार नै लक्ष्मीपूजा गर्नुपर्ने ‘वैदिक तिथिपत्रम्’ सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन्। एउटा तिथि अहोरात्र हुने वैदिक काललगणनाको मान्यताअनुरूप लक्ष्मीपूजा बिहीबार नभई शुक्रबार नै गर्नुपर्छ’, उनी भन्छन्, ‘हिन्दु वैदिक धार्मिक परम्परामा अघिल्लो दिनको सूर्योदयदेखि पछिल्लो दिनको सूर्योदयसम्म एउटै तिथि मानेर गर्नुपर्छ।’

कार्तिक कृष्ण औँसीलाई नै गाईतिहार भनिने र यसै दिन साँझ लक्ष्मीपूजा गर्ने परम्परा रहेकाले प्रतिपदाका दिन गाईपूजा उचित नभएको उनी बताउँछन्।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?