पाणिनी गाउँपालिका : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९.१८ प्रतिशत बजेट खर्च

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा  १९ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ।

गाउँपालिकाको शुत्र प्रणालीको तथ्याङ्क अनुसार हालसम्म १२ करोड ७० लाख ७५ हजार खर्च भएको छ । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव १८ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ १७ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ५० करोड ९३  लाख ६३ हजार बजेट विनियोजन भएकोमा हालसम्ममा ८ करोड ७१ लाख ५२ हजार भन्दा धेरै खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ १५ करोड ३० लाख ३१ हजार बजेट विनियोजन भएकोमा हालसम्म २६ दशमलव १८ प्रतिशत अर्थात् ३ करोड ९९ लाख २२ हजार भन्दा धेरै खर्च भएको छ ।

विगतका वर्षहरुको तुलनामा यो खर्च सन्तोषजनक रहेको पालिकाको दावि छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार यस आर्थिक वर्षमा ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेको छ। पालिकाले विभिन्न योजनाहरूमा सक्रियताका साथ कार्यान्वयन गर्दै आर्थ–सामाजिक सुधारको प्रयास गरिरहेको जनाएको छ।

यही अवधिसम्म पालिकाको आम्दानी सङ्कलन ३२ प्रतिशत रहेको अधिकृत न्यौपानेको भनाइ छ । चालु आर्थिक वर्षका लागि कूल ६६ करोड २३ लाख ९४ हजार बराबर आम्दानी गर्ने पालिकाको लक्ष्य रहेकोमा हालसम्ममा २९ करोड २० लाख ६४ हजार बराबर आम्दानी भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?