back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

पाणिनी गाउँपालिका : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९.१८ प्रतिशत बजेट खर्च

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा  १९ दशमलव १८ प्रतिशत बजेट खर्च गरेको छ।

गाउँपालिकाको शुत्र प्रणालीको तथ्याङ्क अनुसार हालसम्म १२ करोड ७० लाख ७५ हजार खर्च भएको छ । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव १८ प्रतिशत बराबर हो । यस अवधिमा चालुतर्फ १७ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा ५० करोड ९३  लाख ६३ हजार बजेट विनियोजन भएकोमा हालसम्ममा ८ करोड ७१ लाख ५२ हजार भन्दा धेरै खर्च भएको हो । त्यस्तै, पुँजीगततर्फ १५ करोड ३० लाख ३१ हजार बजेट विनियोजन भएकोमा हालसम्म २६ दशमलव १८ प्रतिशत अर्थात् ३ करोड ९९ लाख २२ हजार भन्दा धेरै खर्च भएको छ ।

विगतका वर्षहरुको तुलनामा यो खर्च सन्तोषजनक रहेको पालिकाको दावि छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार यस आर्थिक वर्षमा ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेको छ। पालिकाले विभिन्न योजनाहरूमा सक्रियताका साथ कार्यान्वयन गर्दै आर्थ–सामाजिक सुधारको प्रयास गरिरहेको जनाएको छ।

यही अवधिसम्म पालिकाको आम्दानी सङ्कलन ३२ प्रतिशत रहेको अधिकृत न्यौपानेको भनाइ छ । चालु आर्थिक वर्षका लागि कूल ६६ करोड २३ लाख ९४ हजार बराबर आम्दानी गर्ने पालिकाको लक्ष्य रहेकोमा हालसम्ममा २९ करोड २० लाख ६४ हजार बराबर आम्दानी भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?