सुर्य भुसाल, अर्घाखाँची । गुल्मिको पिपलधारा बाट खनदह हुँदै सन्धिखर्क तर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेकाे छ । साेही दिशा तर्फ जाँदै गरेकाे एउटा बाइक लाई खन देउरालीमा ठक्कर दिएर भागेकाे ईन्डियन नम्बर प्लेट HR 55 AU 8793 काे ट्याक्सी पुन: आफै दुर्घटनामा परेकाे छ ।
मालारानि ४ खन देउरालीमा ठक्कर दिएपछि अगाडि आउने क्रममा ट्याक्सी सनपा ११ र मालारानि ४ खनको सिमानामा पर्ने ढुङ्गे देउरालीमा दुर्घटना भएको, दुर्घटनामा परि १ जना गम्भीर घाईते भएको र घाइतेको उद्दारकार्य जारि रहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनु भयो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरीको प्रहरी टोली, खन ईलाका प्रहरी कार्यलय जिल्ला ट्राफिक प्रहरीको टोली घटना स्थलमा पुगि उद्दार गरिरहेको छ । थप बिबरण आउन बाँकि छ ।