सन्धिखर्क । अर्घाखाँचीमा बालिका जबर्जस्ती करणी मुद्दामा कैद सजाय ताेकिएका एक जनालाई ५ बर्ष पछि पक्राउ गरेको छ ।
छत्रदेव गाउँपालिकाकाे बल्काेटमा बालिकालाई जबर्जस्ति करणी गरेकाे अभियाेगमा कैद सजाय ताेकिएका तर फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
उनले २०७६ साल असाेज २९ गते बल्काेटकी बालिकालाई जबरजस्ती करणी गरेको अभियाेगमा २०७७ साल फागुन २ गते अर्घाखाँची जिल्ला अदालतले १२ बर्ष कैद सजाय ताेकेकाे थियोे ।
अर्घाखाँची प्रहरीले पक्राउ गरि छत्रदेव गाउँपालिका वडा नम्बर ४ काे गैरी पिपलाबाट पक्राउ गरि अर्घाखाँची अदालतमा दाखिला गरेको र उनलाई कैद सजायकाे लागि बालसुधार गृह भैरहवा पठाइएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णुप्रसाद पाैडेलले जानकारी दिए ।