back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद

spot_img

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाइ र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।

बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुङ्गामुढासमेत प्रहार गरेका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।

भीडले ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?