सहकारी मार्फत कृषकको उत्पादन बजारीकरण गर्न गाँउपालिकाले सहयोग गर्छ ः अध्यक्ष शाहा

प्युठान,    सहकारीलाई उत्पादन र रोजगारीसंग जोड्नसके मात्र सहकारी सफल हुने ऐरावती गाँउपालिका अध्यक्ष नविलबिक्रम शाहले बताउनुभएको छ । मुलुकको आर्थिक समृद्धिको एउटा खम्बा सहकारी भएको बताउदै उहाले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै सदस्यको आर्थिक समृद्धि गर्नमा लाग्न सहकारीकर्मिलाइ आग्रह समेत गर्नुभयो ।

ऐरावती बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड बरौला प्युठानको दोस्रो साधारणसभा तथा प्रथम अबिधेशनको उद्घाटन गर्दै शाहले कृषकले उत्पादन गरेको उपज बजारीकरण गर्न सहकारीहरुलाइ गाँउपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ऋण लगेर फजुल खर्च गर्ने, आर्थिक अपचलन गर्ने जस्ता विकृतीका कारण अहिले धेरै सहकारी समस्यामा परेको बताउदै उहाले निती,बिधि र नियम बमोजिम लगानी गर्नपनी आग्रह गर्नुभयो ।
छोटो समयमै ऐरावती सहकारीले गरेको सफलतालाई धन्यवाद दिंदै उहाँले आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सचिव महेन्द्र राउतले गत आ.व.को प्रगती तथा चालु आ.व.को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषध्यक्ष जलजला थापाले आर्थिक प्रगती प्रस्तुत गर्नुभएको थियो ।


त्यस्तै ऋण उपसमिती संयोजक गोबिन्द बहादुर थापाद्धारा लगानी प्रतिवेदन पेश गरीएको थियो ।
अबिधेशनले जयगोपाल श्रेष्ठको अभ्यक्षतामा नौ सदस्यी सञ्चालक समिती चयन गरेको छ । जसको उपाध्यक्षमा कालिका सुनार,सचिवमा महेन्द्र राउत,कोषध्यक्षमा जलजला थापा चयन हुनुभएको छ ।

समितीको सदस्यमा हिनल थापा,इन्दिरा बुढामगर,रेशम थापा,गोपाल नेपाली र मधु आचार्य रहनुभएको छ ।
कार्यक्रम अमर रेश्मी मगरको अध्यक्षता,नविलबिक्रम शाहाको प्रमुख आतित्थ्यता र सागर रीजालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?