दर्शन परिवार कतारको सातौं स्थापना दिवस सम्पन्न

मिति १५ नोभेम्बर २०२४ शुक्रबार ग्रेन्डमल प्लाजा स्थित लालीगुराँस रेष्टुरेन्टको हलमा दर्शन परिवार कतारले सातौं स्थापना दिवस कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

सन २०१७ को नोभेम्बर ३ मा स्थापना भएको दर्शन परिवार कतारको उक्त कार्यक्रम संस्थाको अध्यक्ष दिपक सेनको सभापतित्व र दर्शन परिवार कतारको अभिभावक तथा NRNA-ICC का मध्यपूर्व पूर्व उप-संयोजक श्री केबि हमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि केबि हमालले ब्यानर बाचन र पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरेका थिए । सामुहिक राष्ट्रियगान गाउँदा नेपाली मौलिकता र राष्ट्रियता झल्किएको उक्त कार्यक्रममा संस्थाको अध्यक्ष र प्रमुख अतिथी लगायत संस्थाको संस्थापक अग्रज ज्युहरुबाट केक काटेर स्थापना दिवस मनाइएको थियो । ठकुरी समाज महासंघ नेपालको केन्द्रीय अध्यक्ष केबि शाही द्वारा दर्शन परिवारको सातौं स्थापना दिवसको अवसरमा प्राप्त शुभकामना सन्देशको अडियो रेकर्ड श्रवण गरिएको थियो ।

प्रमुख अतिथि द्वारा दर्शन परिवार कतारको संस्थापक तथा अध्यक्ष दिपक सेनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित सबै पाहुनाहरुलाई महारानीहरु अश्मिता मल्ल र सुमित्रा शाहीले न्यानो अतिथि सत्कार गर्नु भएको थियो भने संस्थाको बरिस्ठ सदस्य बिश्नु शाहीले स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो । कोषाध्यक्ष निर्मल शाहीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै संस्थाले स्थापना काल देखि नै बचत कोष सन्चालन गर्दै आएको र बचत कोषमा आबद्ध सबै सदस्यहरुको बचत, आम्दानी र लगानी बाहेक संस्थाको मात्र आम्दानी पैतिस हजार कतारी रियाल रहेको जानकारी गराउनु भएको थियो ।

दर्शन परिवार कतारका सम्पूर्ण राजा र महारानीहरुको उपस्थिति रहेको कार्यक्रममा ठकुरी सहयोग संजाल कतारका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार केशु मल्ल, पूर्व अध्यक्ष सुलभ चन्द, कोषाध्यक्ष चन्दा शाही, सल्लाहकार इन्दिरा शाह, खेलकुद संयोजक बिपिन सिंह, नवलपरासी सेवा समाज कतारका महासचिव चन्द्र गुरुङ, कलाकार मोहन शाह राजा लगायत दोहामा रहनु भएका ठकुरी राजा महारानीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकारहरु इन्दिरा शाह महारानी र मोहन शाह राजाको सांगीतिक प्रस्तुतिले कार्यक्रमको माहोल तताएको थियो । महारानीहरु सुमित्रा शाही, अश्मिता मल्ल, चन्दा शाही, सन्ध्या शाही लगायत थुप्रै राजा र महारानीहरुको नाचले कार्यक्रमको रौनकता बढाएको हल कलाकार अनिल भाइको गीतले झन गुञ्जायमन भएको थियो ।

प्रमुख अतिथि केबि हमालले दर्शन परिवार कतारले स्थापना देखि हाल सम्म आर्थिक समृद्धिको लागि ठूलो योगदान गरेको चर्चा गरेका थिए । अध्यक्ष दिपक सेनले कार्यक्रमको समापन गर्दै संस्थाले बिगतमा कतार देखि नेपाल सम्म बिभिन्न मानवीय आर्थिक सहयोग गर्दै आएको र अब छिट्टै नेपालमा नेपाली तीन लाख बराबरको अक्षय कोष स्थापना गरी सामाजिक सेवामा खर्च गर्ने योजना रहेको बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको हातबाट दर्शन परिवारका सम्पूर्ण राजा र महारानीहरु लगायत कलाकारहरु र फोटोग्राफरलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका सचिव दुर्गा हमाल ठकुरीले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?