back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

रुग्ण उद्योग खोज्दै लुम्बिनी प्रदेश सरकार ३ महिनामा ९ सय ४० वटा नयाँ उद्योग दर्ता

spot_img

अर्घाखाँची । लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको असोज अन्तिम सम्म ९ सय ४० वटा नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योग प्रशासन तर्फका ३ हजार ६ सय ५८ उद्योग नविकरण भए । ९ सय ४० उद्योग दर्ता हुँदा ६ सय १८ उद्योग बन्द भए । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार उद्योग खारेजीको यो संख्या अघिल्ला बर्ष भन्दा बढि हो ।

यसैगरि मन्त्रालयको तथ्यांक अनुसार बाणिज्य प्रशासन तर्फका उद्योगहरुको अवस्था पनि उस्तै देखिन्छ । बाणिज्य प्रशासन तर्फ ३ हजार ९ सय ५३ उद्योग नविकरण हुँदा १ हजार २ सय ७६ उद्योग नयाँ थपिए । तर ६ सय ४९ उद्योग खारेज भए ।

मन्त्रालयका उद्योग शाखाका बरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदी भन्छन् ‘उद्योग दर्ता प्रति जुन उत्साह देखिनु पर्ने हो त्यो एकदमै न्यून छ, अहिले खारेजीको अवस्थालाई हेर्ने हो भने प्रदेशमा रुग्ण उद्योगहरुको संख्या धेरै छ भन्ने सहजै आँकलन गर्न सकिन्छ ।’

मन्त्रालयका अनुसार कोरोना काल देखि उद्योग सञ्चालनमा समस्या देखिन सुरु भएको हो । त्यसयताको लगातारको आर्थिक मन्दीका कारण उद्योग सञ्चालनमा कठिनाई उत्पन्न भइरहेको देखिन्छ । उद्योग खारेजीको संख्या बढ्दै जान थालेपछि उद्योगको सहज सञ्चालनको वातावरण कसरी निर्माण गर्ने भन्ने बारे उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उपायको खोजी गर्न थालेको छ ।

अहिले रुग्णअवस्थामा चलिरहेका उद्योगहरुलाई कसरी चलायमान बनाउने भन्ने बारेमा मन्त्रालयले प्रदेशका यस्ता रुग्न उद्योगहरुको पहिचान गर्ने भएको छ ।
‘प्रदेशका १२ वटै जिल्लाका उद्योगहरुको अवस्था हेर्ने हो भने खारेजी हुने संख्या बढ्दै गएको देखिन्छ, यसले के पुष्टि गर्छ भने उद्योग सञ्चालनमा अहिले निकै कठिनाई उत्पन्न भइरहेको छ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भन्नुभयाे ‘उद्योग सञ्चालनमा देखिएका व्यवधान कसरी हटाउन सकिन्छ भन्ने बिषयमा हामी गम्भिर छौँ, अब यसको कारणको खोजी गरि मन्त्रालयका तर्फबाट उद्योगको सहज सञ्चालन गर्ने वातावरण निर्माण गर्न हामी गम्भिर रुपमा लाग्छौँ ।’

उनका अनुसार पहिलो चरणमा प्रदेश भरी रुग्ण अवस्थामा रहेका उद्योगहरुको पहिचान गरिने भएको छ । उद्योगहरु रुग्ण बन्नुको कारण खोजी हुने छ र यस्ता रुग्ण उद्योगहरुलाई चलायमान बनाउनका लागि मन्त्रालयले गर्न सक्ने आवश्यक सहयोग एवं समन्वयको योजना बनाउने भएको छ । ‘हामी पहिला प्रदेशमा रहेका रुग्ण उद्योगहरुको संख्या, उनिहरुको अवस्था पहिचान गर्छौँ,’ मन्त्री न्यौपानेले भने ‘रुग्ण हुनुको कारण पहिचान गरेर यस्ता उद्योगहरुलाई चलायमान बनाउन मन्त्रायले ठोस योजनाका साथ काम गर्ने छ ।’ प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरुलाई यस्ता रुग्ण उद्योगहरुको एकिन पहिचान गर्न मन्त्री न्यौपानेले निर्देशन दिनु हुने भएको छ। सोही निर्देशन अनुसार उद्योग कार्यालयहरु मार्फत रुग्ण उद्योगहरुको संख्या र अवस्था एकिन गरिने भएको छ । ‘कुनै पनि उद्योग व्यवसाय सहज तरिकाले चलायमान बनाउनका लागि उचित वातावरण निर्माण गरिनु पर्छ, अहिले उद्योग व्यवसाय सञ्चालन गर्न नसकेर कैयन उद्योगी, व्यवसायिहरु विदेश पलायन हुनु परिरहेको तितो यथार्थता छ,’ मन्त्री न्यौपानेले भने ‘यहाँका उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गरेर प्रदेशको समृद्धिको लक्ष्य पुरा गर्ने योजनामा मन्त्रालय लागि परेको छ ।’ मन्त्री न्यौपानेले यस्ता रुग्ण उद्योगहरुको पहिचान पश्चात सरकारका तर्फबाट आर्थिक सहायताको कार्यक्रम तय गरिने समेत बताए । यसका बिषयमा मन्त्रालयका सम्बद्ध अन्य अधिकारीहरुसंग समेत छलफल गरेर योजना बनाईने उहाँको भनाई छ । ‘रुग्ण उद्योगहरुको पहिचान गरेर उद्यमीहरुलाई आर्थिक सहायता उपलब्ध गराउने गरि योजना बनाइने छ,’ मन्त्री न्यौपानले भन्नुभयाे।

मन्त्रालयका उद्योग शाखाका बरिष्ठ शाखा अधिकृत सन्तोष कुमार सुवेदीले यस आर्थिक बर्षमा रुग्ण उद्योगहरुका बारेमा सुक्ष्म अध्ययन गरेर ठोस योजना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । ‘मन्त्री स्तरीय निर्णयका आधारमा हुन्छ वा मन्त्री ज्यूको निर्देशनकै आधारमा पनि सम्बन्धीत कार्यालयहरुबाट रुग्ण उद्योगहरुको एकिन तथ्यांक पहिचान गर्ने काम सुरु गर्न सकिने छ,’ बरिष्ठ शाखा अधिकृत सुवेदीले भन्नुभयाे ‘चालु आर्थिक बर्षमा यस्ता उद्योगहरुको पहिचान गरेर आर्थिक सहायता सहितको कार्यक्रम सञ्चालन गर्ने योजनामा हामी छौँ ।’

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?