अर्घाखाँची । पाणिनि गाउपालिकाले घ वर्गका निर्माण ब्यवसायीहरुका लागि २ दिने सार्वजनि खरिद व्यवस्थापन सम्बन्धी तालिम दिने भएको छ ।
![Workplace](https://samacharpost.com/wp-content/uploads/2024/02/join-with-us.gif)
पाणिनि गाउपालिकाको सभाहलमा भोलि र पर्सि हुने कार्यक्रमकाे तयारी पुरा भएको गाउपालिकाले जनाएको छ । गाउपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएको हो । गाउँपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका इन्जीनीयर मोहराज पौडेले सबै तयारी पूरा भइसकेको र तालिममा सहभागी व्यवसायीहरूले सार्वजनिक खरिद प्रक्रियाबारे प्राविधिक ज्ञान तथा कानुनी जानकारी हासिल गर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले तालिमले गाउपालिकामा निर्माणका काममा देखिने विविध समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार तालिमको उद्देश्य सार्वजनि खरिद व्यवस्थापन गर्नु, निर्माण कार्यको गुणस्तर सुधार र पारदर्शिता सुनिश्चित गर्नु रहेको छ ।
निर्माण ब्यवसायीहरुले निर्माण गर्ने संरचना दिगो तथा प्रभावकारी बनाउन पनि यो तालिम आवश्यक रहेको भन्दै पाणिनि गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले सम्पूर्ण घ वर्गका निर्माण ब्यवसायीहरुलाई उपस्थितीको लागि अनुरोध गरिन ।
कार्यक्रममा अर्घाखाँची जिल्लाभरका निर्माण व्यवसायीहरूको उपस्थिति सुनिश्चित गर्न पहल भइरहेको र सहभागीहरूलाई आवश्यक सामग्री र सहजीकरण उपलब्ध गराइने बताइएको छ । तालिम गाउपालिकाको आयोजना र प्राविधिक विशेषज्ञहरूको सहकार्यमा सञ्चालन हुनेछ। यो तालिमले स्थानीय निर्माण व्यवसायीहरूलाई थप दक्ष र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।