अर्घाखाँची । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु भएको छ । नोभेम्बर २५ देखिसुरु हुने यो अभियान पाणिनि गाउपालिकामा पनि एक कार्यक्रमका विच सुरुवात गरिएको छ ।
“हामि सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित अभियान सुरु गरिएको हो । पाणिनि गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल गौतमको अध्यक्षता र महिला विकास निरिक्षक निर्मला चालिसेको संचालनमा सरुवात गरिएको उक्त कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, कर्मचारी, विभिन्न संघसंस्था, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन मनाइने यो अभियान पाणिनि पालिकामा हरेक वर्ष संचालन हुदै आएका छन् । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । कार्यक्रममा मन्तब्य राख्दै पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले लैंगिक विभेद कानुनी रुपमै दण्डनीय भएको भन्दै यसको कार्यान्वयनमा हामी सबै लाग्नु पर्ने बताइन ।
१६ दिने अभियानको पहिलो दिन प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको थियो । “म हिंसा गर्दिन, गरेको सहन्न र कसैले गरेमा यसको विरुद्धमा आवाज उठाउछु” भन्ने प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ । कार्यक्रममा बोल्दै पाणिनि गाउपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले लैंगिक हिंसा अन्त्यको लागि आफैबाट सुरुवात गर्न जरुरी रहेको बताइन । उनले लैंगिक हिंसाको सिकार पुरुषभन्दा वढि महिला हुनुपरेको उल्लेख गर्दै यो अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै संचालन गर्नुपर्ने बताइन ।
हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।