भ्रष्टाचार मुद्दामा ५ वर्षभित्रै कारबाही गर्ने विधेयक रोके : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही हुनुपर्ने गरी ल्याइएको विधेयक संसदबाट पारित गर्न नदिइएको आरोप लगाएका छन्।

आइतवार राजधानीको वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा ५ वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको आरोप लगाएका हुन्।

उनले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुले नै अस्वीकार गरेको बताए।

उनले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको आरोप पनि लगाए।

भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनुपर्ने उनले बताए। कथम् कदाचित ढिलो भए पनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए।

‘अस्ति एउटा ऐन हामीले बिगारेरै पास गर्नुपर्‍यो। के बिगार्नुपर्‍यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन। अहिले पनि १०/१५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै छन्। त्यसकारण हामीले के भन्यौँ भने १५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै राखेर बस्न पाइँदैन‚’ उनले भने, ‘भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ। त्यसकारण ढिलोमा पनि ५ वर्षभित्र भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर, ५ वर्षभित्र कमसे कम कारबाही टुंग्याएको हुनुपर्छ । चलाएको हुनुपर्छ, ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए। सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको दावी पनि गरे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?