फ्रान्सको मेयोट क्षेत्रमा शक्तिशाली आँधी : ११ जनाको ज्यान गयो

फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गएको छ । झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ ।

आँधीको समयमा हावाको वेग दुई सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका नागरिकको साथमा रहेर सहयोग गर्ने बताउनुभएको छ । उद्धारका लागि दुई सय ५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको खबरमा उल्लेख छ ।

आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सन् १९३४ देखि मेयोटमा यति तिब्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताउनुभएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?