back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

प्रधानमन्त्री ओली यही पुसमा भारत भ्रमणमा जाँदै

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ।

युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्।  प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका  अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ।

भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए।

मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए।  तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा गएका थिए।

त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?