अर्घाखाँची : दैनिक २५ जना भन्दा बढिले बनाउछन् राहदानी

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो पाँच महिनामा ३ हजार ८१ जनाले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार २०८१ को श्रावण देखी २०८१ को मंसिर मसान्तसम्ममा सामान्य सिफारिस तर्फ ३ हजार १४ जना र दुर्त सेवा सिफारिस तर्फ ६७ जना गरी ३ हजार ८१ जनाले राहदानी बनाएका छन् ।

यो तथ्याङ्क अनुसार जिल्लामा दैनिक २५ जना भन्दा बढिले राहदानी बनाउने गरेका छन् । पछिल्लो समय दैनिक २५–३० जनाको हाराहारीमा सेवाग्राही राहदानीका लागि कार्यालय आउने गरेका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।

“केही युवा पिँढी अध्ययनका लागि र केही वैदेशिक रोजगारीका लागि राहदानी बनाउन आउने गरेका छन् ।” उनले भने, “कार्यालयमा गत वर्षको तुलनामा यस वर्ष राहदानी बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ ।”

२०८१ को मंसिरमा मात्रै सामान्य सिफारिस तर्फ ४ सय ६४ र द्रुत सेवा सिफारिस तर्फ १५ गरि ४ सय ७९ जनाले राहदानी बनाएको अधिकृत पन्थीले जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?