back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

रुपन्देहीमा चौथो युवा उद्दमी सम्मेलन हुदै, गगन थापा प्रमुख अतिथि

spot_img
अर्जुनदृष्टि, 
बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर चौथो पटक युवा उद्यमी सम्मेलन हुने भएकोछ।
आगामी  पुष ६ गते तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा  सम्मेलन आयोजना हुदैछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरुको सहभागीता रहने आयोजकले जानकारी दिएकोछ ।
युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित हुने नेपाली युवा उद्दमी मञ्च रुपन्देहीका अध्यक्ष रिशव ओझाले जानकारी दिए । उनले उद्दमशिलताका विभिन्न  विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल,   युवासग सम्बन्धित सरोकारवाला निकाय, उद्यमशिलता प्रोत्साहन र निर्माणमा लागेका अभियान्ताहरु सबैलाई यो सम्मेलनले युवा उद्दमशिलतालाइ अझै प्रबर्द्धन, विकास र  विस्तार गर्नेमा फलदायी हुने विस्वास व्यक्त गरे।
स्वदेश मै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथौ पटक सम्मेलन हुन थालेको सम्मेलन संयोजक प्रविना घिमिरेले बताइन ।  विभिन्न सफल उद्यमीले आफ्नो प्रस्तुतीहरु दिनुहुने सम्मेलनमा देशभरबाट युवा उद्दमी र विद्यार्थी गरेर करिव ४ सय ५० भन्दा बढीको सहभागीता हुने उनले  जानकारी दिइन।  सम्मेलनको प्रमुख अतिथिको रुपमा पुर्व स्वास्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा नेता गगन कुमार थापा आउनेछ्न। र  किनोट स्पिकरको रुपमा वल्ड लिक कम्युकेशन प्रालीका सस्थापक दिलीप अग्रवालले उद्दमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुती दिने उनले जानकारी दिइन। सम्मेलनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन।
 युवा उद्दमी मन्च रुपन्देही उपाध्यक्ष अनिस कसौधनका अनुसार सम्मेलनमा विभिन्न सफल उद्दमीले प्रेरणादायी आफ्नो अनुभव शेयरिङ्ग गर्ने कार्यक्रम रहेकोछ।  उनले यो सेसनमा माउन्ट एभरेष्ट कथ्था प्रालीका अध्यक्ष बसन्त रोक्का र  सिद्धार्थ ग्रुपका अध्यक्ष  चिन्तामणि न्यौपानेको आफ्नो प्रेरणादायी प्रस्तुती रहने जानकारी दिए ।
सम्मेलनमा अर्को महत्त्वपूर्ण सेसन उद्दमशिलता यात्राको बारेमा जानकारीमुलक शेयरिङ्ग गर्ने कार्यक्रम रहेकोछ । यो सेसनमा  सिंहापुर बेभेरेज नेपालका सस्थापक/ प्रबन्ध  निर्देशक आशिष शर्मा,  पहाडी फुडसका सस्थापक/ प्रबन्ध  निर्देशक प्रसान्त घिमिरे, मेरो किनमेलका को-फाउन्डर सिइओ सन्तोष कण्डेल  रहनुहुने उनले जानकार दिए ।
त्यस्तै सम्मेलनको अर्को महत्त्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहेको छ।  स्वदेश मै उद्दमशिलता कसरी निर्माण गर्ने, अवसर कहा छ र संभावना के छ ? त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने थिममा एक प्यानेल डिसकसन हुनेछ । प्यानेल डिसकसनमा सिद्धीविनाय मोटोक्रोपका अध्यक्ष सुनिल कसजु, नेपाल टुरिज्म बोर्डको प्रबन्धक शारदा श्रेष्ठ , कोकाकोला बेभेरेज नेपालको पब्लिक अफय्रेस एन्द कमिनिकेसन निर्देशक स्नेह राजभण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आर्चाय रहनुहुने आयोजकले जानकारी दिएको छ । प्यानल डिसकसनको मोडेरेटरको भुमिकामा निसान्त खनाल रहनेछ्न। मिस नेपाल (अरथ)-२०२०सुप्रीया श्रेष्ठ सम्मेलनको कार्यक्रम उद्घघोषकको भुमिकामा रहनेछिन।
चौथो युवा सम्मेलनबाट बिषेशगरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नवोदित उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध बिस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरि निचोडमा एक घोषणा पत्र जारी गरि सम्मेलन सम्पन्न हुने अध्यक्ष रिशव ओझाले जानकारी गराए ।
spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?