पाणिनीमा विपन्न, ज्येष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न ज्येष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका वृद्धवृद्धाहरू गाउँमै उपचार शिविर सञ्चालन भएपछि खुशी भएका छन् ।

कान नसुन्ने वृद्धवृद्धा तथा विपन्न नागरिकलाई लक्षित गरी श्रवण शक्ति परीक्षण शिविर र हेयरिङ मेसिन वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।

नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सुसन शाक्य, डाक्टर विद्वान भुसाल लगायतको स्वास्थ्यकर्मीहरूको टिमले विरामको चेकजाँच गरेका थिए । शिविर कान नसुन्ने, वृद्धवृद्धा र विपन्न नागरिकलाई लाभ दायक रहेको र प्रत्यक्ष फाइदाजनक भएको गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।

पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको आयोजनामा सञ्चालन गरिएको शिविरको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै स्वास्थ्य शिविरले कानको श्रवण शक्ति गुमाएका वृद्धवृद्धालाई ठुलो सहयोग पुग्ने बताउँदै नागरिकलाई निरोगी र स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरू प्रदेश सरकारले गर्दै आएको बताए ।

भौतिक पूर्वाधार विकास समितिका सभापति तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिविरबाट फाइदा दिन सबैलाई आग्रह गर्दै यस्ता खालका जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रमहरू सञ्चालन गर्न सबै सरकारहरू लाग्नु पर्ने बताएका थिए ।

शिविरको उद्‌घाटन समारोह गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको स्वागत मन्तव्य र राम प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो । शिविरमा करिव २ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?