एनसिसीमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाइ सम्मान

अर्घाखाँची । राष्ट्रिय सेवा दल (एनसिसी) अन्तर्गत देशभरका ११ जिल्लाका १५ विद्यालयमा गुल्मीको बाझकटेरी मेघगङ्गा माध्यमिक विद्यालय प्रथम भएको छ ।

देशभरमा उत्कृष्टता हासिल गरेपछि विद्यार्थीलाई सन्धिखर्कमा रहेको छाँया हस्पिटल प्रालीले सम्मान गरेको छ । आफ्नो जन्मस्थानको विद्यालयले देश भरमै प्रथम स्थान गर्ने गरी उत्कृष्टता प्राप्त गरेपछि विद्यार्थीलाइ सम्मान गरिएको छाँया हस्पतालका सञ्चालक समाजसेवी दलबहादुर केसीले बताए ।

विद्यालयमा ७९ दिनको तालिम पश्चात गुल्मी, पाल्पा, तनहु, कास्की, लमजुंग, बाग्लुङ्ग, काठमाण्डौ, धादिंग, नुवाकोट लगायतका ११ जिल्लाका १५ विद्यालयको सहभागीता रहेको थियो । ११ जिल्लाका १५ विद्यालय विच भएको प्रतियोगीतामा यस विद्यालयले उत्कृष्टता हासिल गरेको थियो ।

आफुले अध्ययन गर्ने समयमा राम्रो विद्यालय नरहेको र अहिले सोही स्थानमा रहेको विद्यालयमा अध्ययन गरेका विद्यार्थी निजामती सेवा, लोक सेवा, शिक्षक सेवामा राम्रो प्रगती गरिरहेका थिए अस्पतालका प्रमुख केसीले भने एनसिसीमा पनि उत्कृष्टता हासिल गरेकोमा विद्यालय परिवार र विद्यार्थीलाइ धन्यवाद दिए ।

विद्यार्थीहरुलाई बरिस्ठ समाजसेवी दल बहादुर केसी र बरिस्ठ सर्जन डाक्टर प्रदिपजङ्ग केसीले अस्पतालको सभाहलमा टिका र खादाले सम्मान गरेका हुन् । पहिले बाझकटेरी माध्यमिक विद्यालय रहेकोमा समाजसेवी केसीले आफ्नो भाइको सम्झनामा विद्यालयमा चन्दा दान गरेर विद्यालयको नाम परिबर्तन गरी बाझकटेरी मेघगङ्गा माध्यमिक विद्यालय बनाएका थिए ।

अर्घाखाँचीको सन्धिखर्क १ शान्ति बगैंचा पुलचोकमा रहेको छाँया अस्पतालमा सिटीस्क्यान सहितको विशेषज्ञ सेवा प्रदान हुदै आएको छ । सिटी स्क्यानका लागि बुटवल, भैरहवा र काठमाण्डौ जानु पर्ने विरामी तथा घाइतेहरुको बाध्यता हटेको छ । सन्धिखर्कमै सिटीस्क्यान सेवा सञ्चालन भएपछि स्थानीयहरु खुशी भएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?