back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

spot_img

काठमाण्डौ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको कारण बेलुकीपछि हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो । यो प्रणालीको प्रभाव पर्सि बुधवार बिहानसम्म हुने र वर्षा पश्चिमी क्षेत्रमा केन्द्रित हुने देखिएको मौसमविदको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले काठमाण्डौ र पोखरामा छिटपुट वर्षाको सम्भावना रहेको बताए । अर्को वर्षा गराउने प्रणाली फेरि शुक्रवार आउने, तर त्यो पनि पश्चिम क्षेत्रमा मात्र रहने देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

गएको मङ्सिर २३ र २४ गते देशका केही ठाउँमा यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा तथा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

अहिले बिहानको समयमा तराई तथा उपत्यका केही ठाउँहरुमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?