नयाँबर्ष सुरु हुनुभन्दा ६ महिना अगावै पन्चाङ्ग प्रकाशन गर्न ध्यानाकर्षण

काठमाडौं ।   विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपाल र नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिले संयुक्त रुपमा नेपाल पन्चाङ्ग निर्णायक समितिलाई २०८२ सालको ढिलोमा माघ १ र २०८३ सालदेखि नयाँ साल सुरुहुनुभन्दा ६ महिना अगावै पन्चाङ्ग (पात्रो) प्रकाशन गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण गराएका छन् ।

नेपालबाट विदेशमा बस्ने नेपालीहरुको संख्या वृद्धि हुँदै गैरहेको र धार्मिक संस्कार संस्कृति र परम्परा रितिरिवाजहरु नेपालमा आएर गर्नुपर्ने हुनाले पन्चाङ्ग (पात्रो) हेरेर साइत यकिन गरी कार्य गर्नुपर्ने र विदेशबाट नेपालमा आउँदा पुर्व तयारीको लागी समय धेरै चाहिने भएको हुनाले छिटो पन्चाङ्ग प्रकाशन गर्न निर्णायक समितिलाई ध्यानाकर्षण गराइएको नेपाल ज्योतिष परिषद्का सचिव शिवलाल पौडेलले बताए ।

पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सुर्यप्रसाद ढुङ्गेलले ज्ञापनपत्र बुझ्दै यसको ध्यानाकर्षण भएको बताउँदै माग सम्बोधन गर्न आफू लागि पर्ने बताउनुभयो । ध्यानाकर्षण गराउन नेपाल ज्योतिष परिषद् कार्यकारी सभापति कमलप्रसाद काफ्ले, उपमहासचिव घनश्याम चापागाईं, सचीव शिवलाल पौडेल, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतम, सदस्य शंकर ढुङ्गेल, दक्षिण एसियाली ज्योतीष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्ले, उपसभापति दुर्गामणी गौतम, सहसचिव लक्ष्मीप्रसाद घिमिरे सहितको टोलि पन्चाङ्ग निर्णायक विकास समितिको कार्यालय नारायणहिटीमा पुगेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?