back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

जनसेवा माविको शैक्षिक भ्रमण : आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय पाठ्यक्रम केन्द्रित

spot_img

शैक्षिक भ्रमणका लागि पहिला आफ्नै स्थानबाट शुरु गर्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने साथै स्थानीय विषयमा अध्ययन गर्नुपर्ने पाणिनिकै घुम्न आवश्यक र आफ्नै पालिकामा भएका अवलोकन बाकी रहेका धार्मिक , ऐतिहासिक स्थानहरूको भ्रमण गराउँदै जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ झन्द्रेकले नयाँ सुरुवात मात्र गरेको छैन, एउटा उदाहरणीय कार्यपनि सफलतापूर्वक सम्पन्न गरेको छ । 

आज शुक्रबार पाणिनी गाउँपालिकामा अवस्थित दुर्वाशेश्वर गुफाबाट अवलोकन शुरु भएको जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक अध्ययन अवलोकन भ्रमण पाणिनिकै आर्थिक समृद्धिको सम्भावना बोकेको पाणिनी १ पणेनाको सिम्लेमा अवस्थित सुन्तला बगैँचाको अवलोकन पनि महत्त्वपूर्ण रहेको विद्यालयले जनाएको छ । 

सुन्तला बगैँचाको अवलोकनबाट विद्यार्थीहरूमा देशभित्र पनि प्रचुर सम्भावनाहरू छन र गर्न सके त्यस्ता सम्भावनालाई परिणाममा रूपान्तरण गर्न सकिन्छ भन्ने भावनाको विकास गराउन सकिने विश्वास विद्यालयको रहेको छ । 

त्यस्तै देशभर मात्र नभै विदेशमा समेत चर्चा कमाएको पाणिनी तपोभूमिको अवलोकनले पनि विद्यार्थीहरूमा हाम्रै ठाउँमा घुम्न लायक प्रशस्त स्थानहरू छन भन्ने कुराको पुष्टि गरेको विद्यालयका शिक्षक माधव बेल्बासे बताउनुहुन्छ ।

संस्कृत व्याकरणको प्रादुर्भाव भएको र पाणिनी ऋषिले तपस्या गरेको निश्चल पवित्र क्षेत्रको भ्रमण अनुपम रहेको विद्यार्थीहरूले बताएका छन । यसैगरी पाणिनी गाउँपालिकाको वडा न. ४ मा रहेको स्थानीय कृषकहरूलाई स्थापित गर्न सफल छुर्पी उद्योगको अवलोकन गर्न पाउँदा सकारात्मक सोच र  व्यावसायिक इमान्दारिताबाट हाम्रा खेर जाने कम महत्वका बस्तु पनि विदेश निर्यात गरेर आम्दानी गर्न सकिने कुरा विद्यार्थीहरूले सिकेको महसुस विद्यालयले गरेको छ ।

 

विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेले स्थानीय पाठ्यक्रम सहजिकरणका लागि यो नै उत्तम शैक्षिक कार्यक्रम हुने ठानेर स्थानीय स्तरका स्थान, व्यवसायउद्योगहरूको अवलोकन कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ  ।

१ दिने भ्रमणका क्रममा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

विद्यालयले भ्रमणका क्रममा सहयोग गर्नुहुने सिम्लेका सुन्तला व्यावसायी, तपोभूमि व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारी र छुर्पी उद्योगका संचालक समेत सहयोगी सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?