back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

बुटवलमा त्रिपिण्डी श्राद्ध एवम् वास्तु विषयक गोष्ठी सुरु 

spot_img

बुटवल ।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवल–१२ नयाँगाउँमा दुई दिवसीय त्रिपिण्डी श्राद्ध एवम् वास्तु विषयक गोष्ठी शुक्रबारदेखि सुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुक्तिनाथ धामका प्रमुख संरक्षक १००८ स्वामी लोकानन्दजी महाराजले ज्योतिष शास्त्रले ब्रह्माण्डको नियमलाई पत्ता लगाई ग्रहहरुको प्रभाव प्राणीजातिमा कसरी पर्दछ भन्ने बैज्ञानिक आधार प्रस्तुत गरेको बताए । त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले हिन्दु धर्मदर्शन आध्यात्मिक र बैज्ञानिक भएकाले यसलाई आत्मसाथ गर्नुपर्ने बताईन् । त्यस्तैगरी नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले हिन्दु धर्म र संस्कृति नैतिक आचरणयुक्त संस्कारबाट अगाडि बढेको बताए ।

कार्यक्रममा प्रा.डा. बाबुराम ज्ञवालीले ज्योतिष तथा हिन्दु धर्म शास्त्रमा बैज्ञानिक दृष्टिकोण र व्यवहार मुखरित रहेको बताए । गीता प्रचारप्रसारका अभियान्ता चुरामणि पाण्डेले गीताका वाणी र शब्दले विश्वलाई मार्गदर्शन गरेको बताए । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ज्योतिष जनार्दन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपमहासचिव चिरन्जीवी पौडेल र कार्यक्रमको उद्देश्यबारे सदस्य खेमराज भण्डारीले प्रकाश पारेका थिए ।

गोष्ठीमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका धर्मशास्त्र प्रमुख प्रा.डा. देवमणि भट्टराईले त्रिपिण्डी श्राद्धको औचित्य र विधि विधान, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दिनानाथ पण्डितले जन्मकुण्डलीमा पितृदोष, समस्या र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष सुन्दर भण्डारी,
पञ्चाङ्ग निर्णायक संघका उपाध्यक्ष ज्योतिष ज्ञानप्रसाद भण्डारी, गोरक्ष एवम् धार्मिक अभियान्ता पुरुषोत्तम पाण्डेलगायतले मन्तव्य दिदै आध्यात्मिक चिन्तन र धार्मिक अनुष्ठानका रुपमा आयोजित यो भव्य गोष्ठी निकै फलदायी हुने बताए । दुई दिन पुस १३ गते सम्म चल्ने उक्त गोष्ठीको दोस्रो दिन ज्योतिषशास्त्रमा वास्तु विज्ञानको वैज्ञानिक महत्वबारे प्रकाश पारिने आयोजकले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?