स्वर्गिय शिक्षकको सम्झनामा भुतपुर्ब विध्यार्थी द्वारा अन्तर विध्यालय तेकवान्दो कम्पिटिसन

बुटवल उप- महानगरपालिका वार्ड नंः०३ मा रहेकाे समिट इन्ग्लिश बोर्डिंग स्कुल समिट भुतपुर्ब विद्यार्थी संघ ले अन्तर स्कुल तेक्वान्दो कार्यक्रम आयोजना गरेको छ! भुतपुर्ब विद्यार्थीले स्वर्गीय बहादुर बोगटी र जीवनाथ पौडेलको सम्झनामा अन्तर स्कूल तेकवानदो कम्पिटिसन आयोजना गरेका हुन्।

कार्यक्रमको सभापतित्व समिट भूतपूर्व विद्यार्थी संघ रेशम बस्यालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य दीपक खनालले गर्नुभएको थियो ।

अन्तर विद्यालय स्तरीय तेक्वान्दो प्रतियोगितामा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य तथा प्याब्सन रुपन्देही जिल्ला सचिव दिपक खनालले स्वर्गीय गुरुहरुको सम्झनामा गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको बताए ।

उनले यस्ता खालको प्रतियोगिताको निरन्तरताको कामना गरे । खेलले विद्यार्थीलाई अनुशासित, लगनशील र जफावदेही बनाउने बताउँदै विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउने र विद्यार्थीमा रहेका क्षमता हरुलाई अभिवृद्धि गराउने उद्देश्यले भूतपूर्व विद्यार्थीले आयोजना गरेको कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताए ।

आगामी दिनमा पनि परिषदले खेलकुद गतिविधीमा समन्वय गरि अगाडि बढ्ने प्रतिवद्धता जनाए । वास्तविक जीवनमा अरुसँग प्रतिस्पर्धा गरेर भन्दा पनि आफूसँग प्रतिस्पर्धा गरि अगाडि बढ्न सकेमा सफलता प्राप्त गर्न सकिने समिट ईङ्लिस बोर्डिङ हाई स्कुलका प्राचार्य टंक प्रसाद रेग्मीले बताए। उनले कार्यक्रममा सहभागि पधाधिकारी, विभिन्न विद्यालयका विद्यार्थी तथा प्रतियोगिलाई धन्यवाद व्यक्त गर्दैै प्रतियोगितामा सहभागिता जनाएका प्रतियोगिलाई कुशल प्रतिभा प्रस्तुत गर्न सुझाव दिए ।

खेलमा हार जित हुने भएकाले सबैले उत्साहित भएर मैदानमा प्रवेश गर्न समिट भूपू विद्यार्थी परिवारका अध्यक्ष रेशम बस्यालले सुझाव दिए । खेलकुद स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले प्रतियोगि सबैले आ-आफ्नो प्रतिभा निडरताका साथ आफ्नो क्षमता प्रस्तुत गर्न आग्रह गरे। उनले आगामी दिनमा पनि समिट भूपू विद्यार्थी परिवारले विभिन्न विधाका खेलकुदलाई समेटेर प्रतियोगिता गर्ने जानकारी दिए ।

प्रतियोगितामा ८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ईडेन ईङ्लिस बोर्डिङ स्कुल प्रथम भयो भने द्वितीय अन्नपूर्ण सेकेन्डरी स्कुल भएको थियो । तेस्रो समिट ईङ्लिस बोर्डिङ हाई स्कूल भयो भने सान्तवना गार्गी एकेडेमी भएको थियो । प्रतियोगितामा सहभागिता भएर विजेता हासिल गरेका विद्यालयलाई सिल्ड प्रदान गरि पुरस्कृत गरिएको थियो ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?