अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बर्दिया क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य संजय कुमार गौतमले नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको बताएका छन ।
नेपालिका काग्रेस पाणिनि गाउपालिकाद्वारा आयोजित १०० दिने विशेष अभियानकाको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन । उनले नेपाली काग्रेस अहिले जुन रुपमा हुनुपर्ने हो त्यो रुपमा नभएको भन्दै कांग्रेसको गाउँगाउँको अवस्था बुझ्नको निम्ती र संगठनात्मक सुधारको निम्ती सय दिने अभियानको टिओआर निर्माण गरेर अगाडि बढेको बताए । उनले कांग्रेस अलिकति चुके, खलबलिए, कमजोर भए, आफ्नो बाटो बिराए मुलुकको राष्ट्रियता र अस्मिता कहाँ पुग्छ भन्ने आँकलन गर्न नसकिने बताए । उनले काग्रेस यतिबेला इतिहासको सबेदनशिल र संगिन मोडमा उभिएको भन्दै इतिहासमै कमजोर बनेको जिकिर गरे ।
नेता गौतमले अव कांग्रेस एक्लै चुनाव लड्ने भन्दै संगठन सुदृढ र सकृया पार्नुपर्ने भन्दै नेपाली कांग्रेसको संगठनमा अव के गर्ने भन्ने विषय चुनौति बनेको बताए । उनले सरकारमा एमाले कांग्रेस संगै भएपनि सबैभन्दा प्रतिस्पर्धि पार्टि नै एमाले रहेको बताए । उनले सरकारमा संगै भएपनि सबै कुरामा कांग्रेस चुप लागेर बस्न नहुने बताए ।
अनुत्पादक क्षेत्रमा लगानी बढेको, उत्पादनसंग युवा शक्ति जोड्न नसकिएको र रोजगारी सृजना गर्न नसक्दा देशको उर्जाशिल जनशक्ति विदेशीएको भन्दै अव राजनैतिक दलहरु गम्भिर हुनुपर्ने उनको भनाई थियो । गौतम १०० दिने विशेष अभियानकाको अर्घाखाँची जिल्लाको केन्द्रीय प्रतिनिधिको रुपमा जिल्ला दौडाहामा छन ।