काँग्रेस इतिहासकै कमजोर भएको छः सांसद गौतम

अर्घाखाँची । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बर्दिया क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य संजय कुमार गौतमले नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको बताएका छन ।

नेपालिका काग्रेस पाणिनि गाउपालिकाद्वारा आयोजित १०० दिने विशेष अभियानकाको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन । उनले नेपाली काग्रेस अहिले जुन रुपमा हुनुपर्ने हो त्यो रुपमा नभएको भन्दै कांग्रेसको गाउँगाउँको अवस्था बुझ्नको निम्ती र संगठनात्मक सुधारको निम्ती सय दिने अभियानको टिओआर निर्माण गरेर अगाडि बढेको बताए । उनले कांग्रेस अलिकति चुके, खलबलिए, कमजोर भए, आफ्नो बाटो बिराए मुलुकको राष्ट्रियता र अस्मिता कहाँ पुग्छ भन्ने आँकलन गर्न नसकिने बताए । उनले काग्रेस यतिबेला इतिहासको सबेदनशिल र संगिन मोडमा उभिएको भन्दै इतिहासमै कमजोर बनेको जिकिर गरे ।

नेता गौतमले अव कांग्रेस एक्लै चुनाव लड्ने भन्दै संगठन सुदृढ र सकृया पार्नुपर्ने भन्दै नेपाली कांग्रेसको संगठनमा अव के गर्ने भन्ने विषय चुनौति बनेको बताए । उनले सरकारमा एमाले कांग्रेस संगै भएपनि सबैभन्दा प्रतिस्पर्धि पार्टि नै एमाले रहेको बताए । उनले सरकारमा संगै भएपनि सबै कुरामा कांग्रेस चुप लागेर बस्न नहुने बताए ।

अनुत्पादक क्षेत्रमा लगानी बढेको, उत्पादनसंग युवा शक्ति जोड्न नसकिएको र रोजगारी सृजना गर्न नसक्दा देशको उर्जाशिल जनशक्ति विदेशीएको भन्दै अव राजनैतिक दलहरु गम्भिर हुनुपर्ने उनको भनाई थियो । गौतम १०० दिने विशेष अभियानकाको अर्घाखाँची जिल्लाको केन्द्रीय प्रतिनिधिको रुपमा जिल्ला दौडाहामा छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?