अर्घाखाँची जेसीजलाइ प्रस्तावित जेसिजको रूपमा मान्यता

अर्घाखाँची । अर्घाखाँची जेसीजले प्रस्तावित जेसीजको रूपमा मान्यता प्राप्त गरेको छ । युवा नेतृत्व विकासमा केन्द्रीत यो संस्था अब जेसीज नेपालको आधिकारिक शाखाको रुपमा विस्तार हुने भएको छ ।

गत मंसिर ११ गते बुटवल जेसीजले अर्घाखाँचीको सम्भाब्यता अध्ययन गरी केन्द्रमा सिफारिस गरेको थियो । बुटवल जेसीजको प्रस्ताव र बुद्धभूमि जेसीजको समर्थनमा प्रस्ताव भएको थियो । इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ महाधिवेशनको महासभाले अर्घाखाँचीलाई सम्बन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै अर्घाखाँची जेसीज प्रस्तावित अर्घाखाँची जेसिजको रुपमा रहने र आगामी वर्ष देखि मान्यता पाउने छ ।

अर्घाखाँची जेसीजका अध्यक्ष ओमहरि आचार्यले समाचारपोष्टसंग कुराकानी गर्दै सम्बन्धन प्राप्त गरेकोमा खुसी व्यक्त गरे । उनले युवा शक्तिलाई सकारात्मक दिशामा अगाडि बढाउन संस्था प्रतिबद्ध रहने बताए। आगामी दिनमा नेतृत्व विकास तालिम, उद्यमशीलता कार्यशाला, र सामुदायिक सेवा कार्यक्रमहरू सञ्चालन गरिने योजना समेत उनले सार्वजनिक गरे।

यस्तै बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले सम्बन्धन प्राप्तिले अर्घाखाँचीमा नेतृत्व विकास, उद्यमशीलता प्रोत्साहन, र सामुदायिक विकासका गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

अर्घाखाँची जेसीजले स्थानीय युवाहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्दै क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसले जिल्लामा आर्थिक र सामाजिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?