back to top
IPL 2024

युक्रेनबाट प्रहार भएका आठ मिसाइल खसालेको रुसको दाबी

1448

एजेन्सी । रुसले आफ्नो भूभागमा युक्रेनबाट प्रहार भएका आठवटा शक्तिशाली मिसाइल खसालेको दाबी गरेको छ।

युक्रेनले आज बिहानै प्रहार गरेका अमेरिका निर्मित एटीए–सीएमएस मिसाइल खसालेको दाबी गर्दै रुसले यसविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।

मस्कोले युक्रेनबाट प्रहार भएका मिसाइलहरु ३ सय किलोमिटर रेन्जमा प्रहार गर्ने क्षमताको रहेको बताएको छ। रुसी रक्षा मन्त्रालयले पश्चिमा समर्थक किभ शासकले गरेको उक्त आक्रमणको जवाफी कारबाही गर्ने चेतावनी दिएको सीएनएनले उल्लेख गरेको छ।

ती मिसाइल तथा ड्रोनहरु लेनिनग्राद तथा कुस्र्क क्षेत्रमा खसालिएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा युक्रेनलाई एटीए–सीएमएस मिसाइल प्रयोगको अनुमति दिएका थिए। उनले युक्रेनविरुद्ध लड्न रुसमा उत्तर कोरियाली सैनिक सहभागी भएपछि यस्तो अनुमति दिएका हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणको जवाफ रुसका नयाँ परमाणु क्षमताका ब्यालेस्टिक मिसाइल ओरेश्निकबाट दिने चेतावनी दिएका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here