back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

पश्चिमी न्यूनचापीय प्रणालीले आज र भोलि यी स्थानमा वर्षा र हिमपात

spot_img

काठमाडौं । नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ।

आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको  र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा  र हिमपात हुनेछ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सोमबार काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। काठमाडौंमा बदली मात्र हुनेछ।

हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?