अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन् ।
सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागु औषधसहित प्रहरीले पक्रेको छ । २४ वर्षिय कँडेलको साथबाट पाँचसयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षिय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षिय सुरज कुमाल, २० वर्षिय सुजन नेपाली र १९ वर्षिय सुमित रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
उनिहरुको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।