पाणिनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई पालीको कोट मन्दिरमा सम्पन्न भएको हो ।

बोर्डरलेस मिडिया हव प्रा.लि. अर्घाखाँचीले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले पहिलो चौमासिक अवधिसम्म सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह, सुशासन, पारदर्शिता र आगामी रणनीतिका विषयमा सेवा प्रदायक संस्था र सेवाग्राहीबीच छलफल, बहसका माध्यमबाट सुनुवाई गरेको हो । पाणिनी गाउँपालिका वडा नं. ७ र ८ का सेवाग्राहीलाई लक्षित गरि पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम पालीमा गरिएको थियो ।

कार्यक्रममा सेवाग्राहीबाट उठेका प्रश्न, जिज्ञासाको जवाफ दिदैं गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले पालिकाबासिको आवश्यकतालाई मध्यनजर गर्दै पाणिनीको समग्र विकासका निम्ति गाउँपालिका लाग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख वक्ता समेत रहनु भएका न्यौपानेले सेवाग्राहीका रचनात्मक सल्लाह सुझावलाई मनन गर्दै आगामी दिनमा थप सशक्त भएर जनताका पीर मर्कालाई समाधान गर्दै आवश्यकताका आधारमा योजना निर्माण गर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतम पौडेलले पालिकाभित्रका पसल, व्यवसायको अनुगमन कार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सेवाग्राहीबाट “बजार र योजना/आयोजनाको अनुगमन कार्य फितलो भयो” नि भन्ने जनगुनासो आएकोमा अबका दिनमा अनुगमनको पाटोलाई गुनासो नआउने गरी लाग्ने बताउनुभयो ।

यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कार्यालयलाई सुशासनमैत्री, पारदर्शिता र सेवामुखी बनाउन कुनै कसर बाकी नराख्ने धारणा राख्नुभयो । कर्मचारी तहबाट कहि कतै लापरबाही भएको थाहा पाए कारबाहीको दायरामा ल्याउने प्रशासकीय अधिकृत न्यौपानेले प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

यस्तै पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तथा प्रवक्ता गुणाखर अधिकारी र वडा नं. ८ का वडाध्यक्ष रोम बहादुर पाण्डे क्षेत्रीले वडाका विषयमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिदैं वडाबासिहरुको आवश्यकतालाई मध्यनजर गर्दै योजनाहरु छनौट गरिरहेकाे र आगामी दिनहरुमा समेत नागरिककाे हितमै काम गर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी कमिटी सदस्य कुटमदिन अलि, नेपाली काँग्रेस पाणिनी गाउँ कार्यसमिति सभापति तुल्सी पौडेल लगायत अन्य सेवाग्राहीहरुले पाणिनीको विकास र समृद्धिका निम्ति रचनात्मक सल्लाह सुझाव दिनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा करीव १५ जना सेवाग्राहीहरुले विभिन्न प्रश्न, गुनासा, सल्लाझ सुझाव राख्नु गर्नुभएको थियो । कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रमका सहजकर्ता लक्ष्मण घिमिरेले नागरिकहरुसँग संकलन गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन अभिमत फारामको रिपोर्ट प्रस्तुत गर्नुभयो ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको कार्यक्रममाथी प्रकाश, प्रगति विवरण प्रस्तुत र सहजकर्ता बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?