सन्धिखर्क । अर्घाखाँचीको पर्यटकीय स्थल रकगार्डेनमा सशस्त्र प्रहरी अर्घाखाँचीले सरसफाइ गरेको छ ।
प्राकृतिक रूपमा रहेको चट्टान आफैं गार्डेन जस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिसहरू चट्टानको बनाबाट र त्यहाँको वातावरणमा प्रफुल्लित हुन्छन् ।
कलात्मक रूपमा मानिसहरूले आफै सजाएर र योजनाअनुसार बनाएर राखेको जस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका छन् । सयौं रोपनी क्षेत्रफलमा फैलिएको अर्घाखाँचीको सन्धिखर्क–११ डिभर्नामा रहेको रक गाडेर्न पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुदैछ ।
२४ औं सशस्त्र प्रहरी दिवसको पुर्व सन्ध्यामा सशस्त्र प्रहरीको ३६ नम्वर गुल्म अर्घाखाँचीले पर्यटकीय स्थल ढुंगे बगैंचामा सरसफाइ गरेको डिएसपी भिमसेन बोहोराले बताए ।
बगैचा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सन्धिखर्कबाट गएको सशस्त्र प्रहरीको टोलीले सरसफाइ गरेर चिटिक्क पारेको डिएसपी बोहोराकाे भनाइ छ ।