back to top
IPL 2025
IPL 2024
६ बैशाख २०८२, शनिबार
६ बैशाख २०८२, शनिबार
IPL 2025
spot_img

अर्घाखाँची : पाणिनि गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण

spot_img

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनि गाउँपालिकाको आयोजनामा बिहीबार अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउपालिका भित्र रहेका अपाङ्गहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरिएको छ । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरूको परिक्षण गरि अपाङ्गताको अवस्थाको हेरी चिकित्सकहरूको सिफारिसको आधारमा ३६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

३ जनालाई ‘क’ वर्ग, २४ जनालाई ‘ख’ वर्ग, २ जनालाई ‘ग’ र ७ जनालाई ‘घ’ वर्गमा वर्गीकरण

न्यौपानेका अनुसार १ जना पुरुष २ जना महिला गरि ३ जनालाई ‘क’ वर्ग, १६ जना पुरुष, ८ जना महिला गरि २४ जनालाई ‘ख’ वर्ग, १ जना पुरुष १ जना महिला गरि २ जनालाई ‘ग’ वर्ग र ५ पुरुष २ महिला गरि ७ जनालाई ‘घ’ वर्गमा वर्गीकरण गरि परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गताको अवस्था वर्गीकरण र अवस्थाको आधारमा अपाङ्गता भएका ब्यक्तिले पाउने सेवा, सुविधा र अवसरको प्राथमिकीरण गर्न सहज होस भनी अपाङ्ग परिचयपत्र वितरण गर्ने गरिन्छ । पूर्ण अशक्त अपाङ्गता भएकालाई ‘क’ वर्गको, अति अशक्त अपाङ्गता भएकालाई ‘ख’ वर्गको, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्गको र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिन्छ ।

४ किसिमको अपाङ्गता परिचय पत्र पाएकाहरु मध्ये ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरूले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत भत्ता पाउँदै आएका छन् । ‘क’ वर्गकाले मासिक ४ हजार र ‘ख’ वर्गकाले मासिक करिब २ हजार ४ सयका दरले भत्ता पाउँछन् ।

‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पालिकाले आत्मनिर्भर बनाउको लागि क्षमता अनुसारको सीपमूलक तालिम समेत दिदै आएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?