भैरहवा पुगे रवि, भोलि अदालतमा हाजिर हुने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा आफूविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएपछि मंगलवार रुपन्देही आइपुगेका छन्।

रास्वपाका सह-कोषाध्यक्ष दीपक बोहोराका अनुसार उनी मंगलवार दिउँसो बुद्ध एयरको जहाजबाट भैरहवा आएका हुन्। उनी भोलि (बुधवार) अदालतमा उपस्थित हुने तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अरु केही नेता र उनी पक्षका कानून व्यवसायी भने केही दिनअघि नै रुपन्देही आइपुगिसकेका छन्। उनी पक्षका कानून व्यवसायीहरुको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपाने पनि भैरहवा आइपुगेका छन्।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतवार मुद्दा दायर भएको थियो।

कास्की र काठमाडौँ जिल्ला अदालतबाट उनी धरौटीमा रिहा भएका थिए। सह-कोषाध्यक्ष बोहोराका अनुसार बुधवार उनी भैरहवा जिल्ला अदालतमा आफैँ उपस्थित हुने छन्।

उनीसहित २२ जनाविरुद्धको अभियोगपत्रमा ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दावी गरिएको छ। लामिछानेसँग व्यक्तिगत २ करोड रुपैयाँ पनि बिगो दावी गरिएको छ। सरकारी वकिलको कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगीका विभिन्न तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए।

यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यतिबेला लामिछाने स्वयं गृहमन्त्री रहेका थिए। गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थिएन।

जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले लामिछाने, जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक तथा जीबी राईसहित १७ जनालाई थप कसुर र बिगोसहितको मुद्दा दर्ता भएको बताए।

सरकारी वकिल कार्यालयका अनुसार सुप्रिम सहकारीका सञ्चालक रहेका दिनेश रोकाविरुद्ध मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगाइएको छ।

सुप्रिम सहकारीका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ३१ करोड रुपैयाँ अपचलन भएको अनुसन्धानले देखाएको छ।- थाहा खबर

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?